होन्डाद्वारा ओ सिरिज ईभी अस्थायी रूपमा स्थगित, बदलिँदो बजार अवस्था र घट्दो माग मुख्य कारण

होन्डाले आफ्नो ओ सिरिजको इलेक्ट्रिक एसयूभी र सेडान मोडलको उत्पादन अस्थायी रूपमा रोक्ने घोषणा गरेको छ । कम्पनीका अनुसार बदलिँदो विश्वव्यापी व्यापारिक अवस्था र इलेक्ट्रिक सवारी साधनको घट्दो मागका कारण यस्तो निर्णय लिनुपरेको हो । होन्डाले यसअघि सन् २०२६ सम्ममा यीमध्ये केही मोडल भारतीय बजारमा ल्याउने योजना बनाएको थियो ।

कम्पनीको वित्तीय अवस्था पनि हाल चुनौतीपूर्ण बन्दै गएको बताइएको छ। त्यसैले होन्डाले आफ्नो इलेक्ट्रिक गाडीसम्बन्धी विश्वव्यापी रणनीतिलाई पुनः मूल्याङ्कन गर्दै नयाँ योजना बनाइरहेको जनाएको छ। कम्पनीले विशेष गरी ओ सिरिजअन्तर्गत ल्याउने एसयूभी र सेडान मोडलको उत्पादन हाललाई रोक्ने निर्णय गरेको हो ।

यस निर्णयको एउटा मुख्य कारण अमेरिकी नीतिगत परिवर्तनलाई मानिएको छ। अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले इलेक्ट्रिक सवारी साधनको खरिद र उत्पादनमा दिँदै आएको सरकारी अनुदान फिर्ता लिएपछि कम्पनीको लागत संरचना र नाफामा प्रत्यक्ष असर परेको छ। साथै पेट्रोल र हाइब्रिड सवारी साधनसम्बन्धी नयाँ कर नियमले पनि होन्डाको आम्दानीमा नकारात्मक प्रभाव पारेको बताइएको छ।

होन्डाको आम्दानी घट्नुको अर्को महत्वपूर्ण कारण चिनियाँ अटोमोबाइल कम्पनीबाट बढ्दो प्रतिस्पर्धा रहेको बताइएको छ। चीनको बजारमा उपभोक्ताहरू अब गाडीको टिकाउपनभन्दा नयाँ प्रविधि, सफ्टवेयर र उन्नत सुविधालाई प्राथमिकता दिन थालेका छन् । नयाँ चिनियाँ कम्पनीहरूले छोटो समयमै सफ्टवेयर–आधारित सवारी प्रणाली र एडास जस्ता प्रविधि विकास गर्दै बजारमा आक्रामक रूपमा प्रवेश गरेका छन् । होन्डाले पनि यी उच्च प्रविधियुक्त चिनियाँ गाडीसँग प्रतिस्पर्धा गर्दा आफ्ना उत्पादन कमजोर देखिन थालेको स्वीकार गरेको छ।

यी परियोजना स्थगित गर्दा होन्डाले ठुलो आर्थिक नोक्सानी पनि व्यहोर्नुपर्ने अनुमान गरिएको छ । कम्पनीका अनुसार यस निर्णयका कारण चालु वर्षमा मात्रै करिब ३४० अर्बदेखि ५७० अर्ब येनसम्मको नोक्सानी हुन सक्छ, जुन करिब २.७ अर्ब पाउण्ड बराबर मानिन्छ। कम्पनीकाे यस्तो नोक्सानी यस वर्षमा मात्र सीमित नहुन सक्छ र आगामी वर्षहरूमा पनि यसको प्रभाव देखिन सक्ने चेतावनी दिएको छ।

यस निर्णयले भारतीय बजारमा पनि केही प्रभाव पार्ने देखिएको छ। रिपोर्टका अनुसार होन्डाले सन् २०२६ मा आफ्नो ओ सिरिजको एसयूभी भारतमा ल्याउने योजना बनाएको थियो, तर अहिले त्यो योजना स्थगित गरिएको छ। यद्यपि कम्पनीले ओ अल्फा मिनी एसयूभी भारतमै उत्पादन गर्ने योजना भने यथावत रहेको जनाएको छ ।

नेपाली बजारमा पनि होन्डाका अन्य मोडल उपलब्ध छन् । तर ईभी भने छैनन् । यो अवस्थामा भविष्यमा होन्डाका ईभी पनि नेपालमा उपलब्ध हुने अनुमान गरिएको थियो । यसकारण नेपालमा पनि यसको केही असर देखिन सक्छ ।

सम्बन्धित समाचारहरू

७४५ सिसीको स्कुटर उत्पादन गर्न होन्डाले भारतमा लियो एक्स एड्भेन्चरको ट्रेडमार्क

७४५ सिसीको स्कुटर उत्पादन गर्न होन्डाले भारतमा लियो एक्स एड्भेन्चरको ट्रेडमार्क

होन्डाले भारतमा एक्स–एड्भेन्चर नाममा मोटरसाइकल तथा स्कुटर उत्पादन गर्न...

आकर्षक लुक र प्रिमियम सुविधासहित नयाँ स्पोर्टी अवतारमा आउँदै होन्डा सिटी

आकर्षक लुक र प्रिमियम सुविधासहित नयाँ स्पोर्टी अवतारमा आउँदै होन्डा सिटी

होन्डा कार्स इन्डियाले भारतीय बजारमा होन्डा सिटीको नयाँ संस्करण लन्च...

२० प्रतिशत मात्र रकम बुझाएर होन्डाका दुई बाइक लिन सकिने, बाँकी रकम यसरी तिर्नुस्

२० प्रतिशत मात्र रकम बुझाएर होन्डाका दुई बाइक लिन सकिने, बाँकी रकम यसरी तिर्नुस्

होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...