होन्डा साइन बन्यो १ करोड ग्राहक भएको पहिलो १२५ सीसी बाइक

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डिया प्रालिले ठुलो कोसेढुङ्गा हासिल गरेको छ । होन्डा साइनले १२५ सीसी बाइकमा सबै कम्पनीलाई पछि पारेको छ । होन्डा १२५ सीसी सेगमेन्टमा १ करोड ग्राहकले रुचाउने पहिलो ब्राण्ड बनेको छ । यो सफलतासँगै कम्पनीले नयाँ कीर्तिमान बनाएको छ ।

कम्पनीका अनुसार साइन बाइक ५० प्रतिशतभन्दा बढी बजार हिस्साका साथ शीर्ष स्थानमा रहेको छ । १२५ सीसी सेग्मेन्टमा वार्षिक २९ प्रतिशत वृद्धिसँगै साइन बाइक १ करोड ग्राहकहरूमा पुग्ने पहिलो १२५ सीसी मोटरसाइकल बनेको छ ।

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डिया प्रालिका प्रबन्ध निर्देशक, अध्यक्ष र सीईओ अत्सुशी ओगाटाले साइन बाइकले वर्षौंदेखि प्राप्त गरेको अतुलनीय प्रतिक्रियाले नम्र भएको र नयाँ चुनौतीहरू सामना गर्नका साथै ग्राहकहरूलाई उत्कृष्ट उत्पादनको साथ खुशी पार्न प्रतिबद्ध भएको जानकारी दिएका छन् । कम्पनीले ग्राहकहरूलाई साइन ब्रान्डप्रति आफ्नो बहुमूल्य विश्वास राख्नु भएकोमा धन्यवाद ज्ञापन गरेको छ ।

कम्पनीका बिक्री तथा मार्केटिङ निर्देशक यादवेन्द्र सिंह गुलेरियाले साइनका लाखौं प्रयोगकर्ताहरूबाट पाएको माया र विश्वासका लागि सम्मानित र कृतज्ञ भएको जानकारी दिएका छन् । साइन बाइकलाई डेढ दशकभन्दा बढी समयदेखि सबैभन्दा लोकप्रिय मोटरसाइकल ब्रान्डहरूमध्ये एक बनाएको छ ।

होन्डा साइन नेपाली बजारमा समेत निकै नै रुचाइएको बाइक हो ।

सम्बन्धित समाचारहरू

हिरो र होन्डाले बजारबाट हटाए यी बाइक

हिरो र होन्डाले बजारबाट हटाए यी बाइक

सन् २०२४ मा भारतीय बजारमा नयाँ बाइक लन्च हुनुका साथै केही बाइक बजारबाट...

६ महिनामै होन्डाका दुई इलेक्ट्रिक स्कुटरको उत्पादन बन्द, यस्तो छ कारण

६ महिनामै होन्डाका दुई इलेक्ट्रिक स्कुटरको उत्पादन बन्द, यस्तो छ कारण

होन्डाले गत फेब्रुअरीमा लन्च गरेको दुई नयाँ इलेक्ट्रिक स्कुटर एक्टिभा ई र...

१५० र १२५ सिसीमा होण्डाका २ नयाँ स्कुटर आउने

१५० र १२५ सिसीमा होण्डाका २ नयाँ स्कुटर आउने

होन्डा मोटरसाइकल इण्डियाले २ नयाँ स्कुटरको पेटेन्ट दर्ता गराएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...