टु–ह्विलर बजारमा ठूलो उलटफेर, हिरो र होन्डालाई पछि पार्दै टीभीएसले रच्यो इतिहास
काठमाडौं — अटोमोबाइल बजारमा जुन २०२६ को बिक्रीले एउटा नयाँ र ऐतिहासिक मोड...
काठमाडौं–होन्डा कारको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलहरूको एयर ब्यागमा देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न ‘निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गरेकोे छ ।
निर्माण वर्ष सन् २००१ देखि २०१४ सम्मका होन्डा कारका विभिन्न मोडलमा हुनसक्ने सम्भावित सुरक्षा जोखिमलाई मध्येनजर गरी कम्पनीले यस अभियान सञ्चालन गरेको हो । जसमा, होन्डा सिटी, सिभिक, सीआरभी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड जस्ता मोडलहरु समावेश छन् । ग्राहकले आफ्नो गाडी यस रिकल अभियानमा पर्छ वा पर्दैन भनेर होन्डाको आधिकारिक वेबसाइटमा गएर आफैं पनि जाँच गर्न सक्ने बताइएको छ ।
यस अभियान अन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग जाँच र आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिनेछ । यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नु नपर्ने स्याकार ट्रेडिङले जनाएको छ ।
सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि ग्राहकहरूलाई आफ्नो नजिकको होन्डाका आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग जाँच गराउन कम्पनीले अनुरोध गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...