होन्डा कारको इन्धन पम्पमा समस्या, फिर्ता बोलाइयो ९० हजारभन्दा बढी कार

होन्डाले भारतिय बजारबाट ९२ हजार ६७२ यूनिट कार फिर्ता बोलाएको छ । इन्धन पम्पमा खरावी आएको भन्दै कम्पनीले यति धेरै कार फिर्ता बोलाएको हो । प्रभावित मोडलहरूमा ब्रिओ, ज्याज, डब्लुआर–भी, बीआर–भी, अमेज र सिटी समावेश छन् ।

अगस्ट २०१७ देखि जुन २०१८ सम्म निर्माण भएका सवारीसाधन फिर्ता बोलाइएको होन्डा मोटर्स इन्डियाले जनाएको छ । फिर्ता बोलाइएका यी कारमा २ हजार ४०४ यूनिट यसअघिनै एपकटक इन्धन पम्प फेरिएका कार समेत सामेल छन् ।

कम्पनीले ब्रिओको ३ हजार ३१७, ज्याज, १६ हजार ७४४, डब्लुआर–भी १४ हजार २९८, बीआर–भी ४ हजार ३८३, अमेज १८ हजार ८५१ र सिटी ३२ हजार ८७२ यूनिट फिर्ता बोलाएको हो ।

कार निर्माताका अनुसार पम्पको इम्पेलरमा देखिएको समस्याका कारण इन्जिन रोकिन वा स्टार्ट गर्न नसकिने अबस्था निम्तिन सक्छ । नोभेम्बर ५ देखी कार फिर्ता लिइने र निशुल्क मर्मत सम्भार पश्चात गाडी धनीलाई फिर्ता दिइनेछ ।

होन्डाको अफिसियल वेभसाइटमा गएर आफ्नो कारको भीन नम्वर राखेर आफ्नो कार रिकलबाट प्रभावित हो या होइन भनेर चेक गर्न सकिनेछ ।

सम्बन्धित समाचारहरू

विश्वमै ३ सय युनिट मात्र उत्पादन भएको एमभी अगस्टाको बाइक नेपालमा

विश्वमै ३ सय युनिट मात्र उत्पादन भएको एमभी अगस्टाको बाइक नेपालमा

काठमाडौं – एमभी अगस्टा सुपरभेलोस सिरी ओरो बाइक नेपाली बजारमा भित्रिएको छ ।...

होण्डा गाडी किन्दा वम्परमा सुन, यस्तो छ दशैं अफरका अन्य स्किम

होण्डा गाडी किन्दा वम्परमा सुन, यस्तो छ दशैं अफरका अन्य स्किम

होण्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

बहुप्रतीक्षित होन्डा सीबी ३५० आरएस अब देशभरका सोरुममा उपलब्ध, ३५ हजार कम मूल्यमै पाइने

बहुप्रतीक्षित होन्डा सीबी ३५० आरएस अब देशभरका सोरुममा उपलब्ध, ३५ हजार कम मूल्यमै पाइने

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...