६ महिनामै होन्डाका दुई इलेक्ट्रिक स्कुटरको उत्पादन बन्द, यस्तो छ कारण

होन्डाले गत फेब्रुअरीमा लन्च गरेको दुई नयाँ इलेक्ट्रिक स्कुटर एक्टिभा ई र क्यूसी१ को उत्पादन ६ महिना नपुग्दै बन्द गरेको छ । सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सद्वारा सार्बजनिक गरिएको तथ्यांक अनुसार, होन्डाले अगस्ट २०२५ देखि दुबै स्कुटरको उत्पादन बन्द गरेको हो ।

आईसिएई संस्करणको विपरीत इलेक्ट्रिक एक्टिभाको बिक्री सुस्त भएपछि कम्पनीले उत्पादन नै बन्द गरेको हो । फेब्रुअरी र जुलाई २०२५ को बीचमा होन्डाले ११ हजार १६८ युनिट इलेक्ट्रिक स्कुटर उत्पादन गरेकोमा जम्मा ५ हाजर २०१ युनिटमात्र डिलरहरूलाई पठाइएको थियो । बाँकी युनिटहरू बिक्री नभएका अवस्थामा छन् ।

बिक्री भएका ५ हजार २०१ युनिट मध्ये ४ हजार ४६१ युनिट क्यूसी१ थिए भने ७४० युनिट एक्टिभा ई थिए । पोर्टेबल चार्जरको अभाव र उच्च मूल्यका कारण एक्टिभा ईको बिक्री निकै निराशाजनक रहेको जनाइएृको छ ।

एक्टिभा ईमा होन्डाले १.५ किलोवाट आवरको ब्याट्री प्याक र ६ किलोवाट क्षमताको मोटर उपलब्ध गराएको छ । जसले एक पटक चार्ज गर्दा १०२ किलोमिटरको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । त्यसैगरी क्यूसी१ मा १.५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

अफरोड रोमाञ्च र आधुनिक प्रविधिको संयोजन २०२५ होन्डा एक्सएल७५० ट्रान्सल्प भारतमा लन्च

अफरोड रोमाञ्च र आधुनिक प्रविधिको संयोजन २०२५ होन्डा एक्सएल७५० ट्रान्सल्प भारतमा लन्च

होन्डा मोटरसाइकलले भारतीय बजारमा २०२५ को बहुप्रतीक्षित एक्सएल७५०...

होन्डाको मोटरसाइकल र स्कुटर किन्दा हरेक हप्ता १ लाखसम्म पाइने

होन्डाको मोटरसाइकल र स्कुटर किन्दा हरेक हप्ता १ लाखसम्म पाइने

काठमाडौं – मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हाेन्डाले फेस्टिभ अफर...

रोयल इन्फिल्ड हिमालयनलाई टक्कर दिन होण्डाले नयाँ एड्भेन्चर मोटरसाइल ल्याउने

रोयल इन्फिल्ड हिमालयनलाई टक्कर दिन होण्डाले नयाँ एड्भेन्चर मोटरसाइल ल्याउने

रोयल इन्फिल्ड हिमालयनलाई टक्कर दिन होण्डाले नयाँ एड्भेन्चर मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...