होन्डा आफ्नो पोर्टफोलियो विस्तार गर्दै, नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारीमा

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले भारतीय बजारमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी गरिरहेको छ।

होन्डाले मिडियामा सानो भिडियो क्लिप पनि जारी गरेको छ, जसमा कम्पनीले उक्त नयाँ ईभी २७ नोभेम्बर २०२४ मा लन्च गर्ने योजना बनाएको जानकारी दिएको छ । कम्पनीले नयाँ ईभी कुन सेगमेन्टमा ल्याउने हो भन्ने जानकारी नदिए तापनि कम्पनीले होन्डा एक्टिभा इलेक्ट्रिकलाई बजारमा ल्याउन सक्ने अपेक्षा गरिएको छ ।

रिपोर्टका अनुसार होन्डा एक्टिभाको इलेक्ट्रिक संस्करण फिक्स ब्याट्रीको साथमा लन्च गर्ने सम्भावना छ । होन्डाले एक्टिभा इलेक्ट्रिक स्कुटर लन्च गरेमा यसले टीभीएस, ओला, एथरका इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले गत वर्ष ईएम १ई ल्याइएपछि होन्डा कम्पनीको लाइनअपमा सामेल हुने यो दोस्रो ईभी हुनेछ । सो इलेक्ट्रिक स्कुटरमा पावर दिनका लागि दुईवटा हटाउन सकिने ब्याट्री प्याक प्रयोग गरिएको छ। फुल चार्जमा ७० किलोमिटरभन्दा बढीको रेन्ज प्रदान गर्न सक्ने बताएको छ । सो मोडलको कन्सेप्ट गत वर्ष टोकियो मोटर शोमा पनि देखाइएको थियो ।

सम्बन्धित समाचारहरू

क्लासिक ३५० संग प्रतिस्पर्धा गर्न होन्डाले ल्यायो नयाँ बाइक

क्लासिक ३५० संग प्रतिस्पर्धा गर्न होन्डाले ल्यायो नयाँ बाइक

होन्डाले ३५० सिसी लाइनअपमा नयाँ मोटरसाइकल थप गरेको छ । सिबी ३५० नामले आएको...

होन्डा ग्राजिया बीएस६ अब नेपालमा, नयाँ प्रविधिसहित बढ्यो मूल्य

होन्डा ग्राजिया बीएस६ अब नेपालमा, नयाँ प्रविधिसहित बढ्यो मूल्य

काठमाडौँ – नेपाली बजारमा आज होन्डा ग्राजिया बीएस ६ स्कुटर लन्च भएको छ ।...

सोनी र होन्डाको ज्वाइन्ट भेन्चरमा २ वर्ष पछि सार्वजनिक हुने अफिला ईभीमा यस्ता छन् भव्य फिचर

सोनी र होन्डाको ज्वाइन्ट भेन्चरमा २ वर्ष पछि सार्वजनिक हुने अफिला ईभीमा यस्ता छन् भव्य फिचर

सोनी र होन्डाले मिलेर निर्माण गरिरहेको इलेक्ट्रिक कार ‘अफिला’ विश्व...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...