होन्डा कारको इन्धन पम्पमा समस्या, फिर्ता बोलाइयो ९० हजारभन्दा बढी कार
होन्डाले भारतिय बजारबाट ९२ हजार ६७२ यूनिट कार फिर्ता बोलाएको छ । इन्धन...
होन्डाले भारतीय बजारका लागि सीआरएफ १९०एल प्याटेन्ट दर्ता गरेको छ । यो भन्दा पहिले अन्य विभिन्न मोडल नेम समेत दर्ता गरिरहेको होन्डाले यो नामको एड्भेन्चर मोटरसाइकलमार्फत हाल बजारमा प्रचलित हिरो एक्सपल्स २०० फोरभीसँग प्रतिस्पर्धामा उत्रिने विश्वास गरिएको छ ।
नेपाली बजारमा यो भन्दा पहिले होन्डा सीआरएफ २५०एल उपलब्ध भएकोमा हाल सीआरएफ ३००एल समेत केही समय यता बिक्रीका लागि उपलब्ध छ । अब १९०एलमार्फत होन्डाले अझै धेरै राइडरबीच पुग्ने योजना बनाएको अनुमान गर्न सकिन्छ ।
यो मोटरसाइकलमा होन्डाले सीआरएफ ११००एल अफ्रिका ट्विनमा उपलब्ध केही फिचर उपलब्ध गराएको बताइएको छ । यसको भर्सटाइल एटिच्युड तथा स्टाइलिङ र ट्राईकलर पेन्ट स्किम ११००एल जस्तै छ । त्यसैगरी लङ ट्राभल सस्पेन्सन, ब्लक प्याटर्न टायर र स्पोक ह्विल पनि उस्तै छ ।
यसलाई बेबी ड्युअल स्पोर्ट मोटरसाइकल भन्न सकिन्छ । यसमा १८४ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले १६ बीएचपी पावर र १५ एनएम टर्क जेनेरेट गर्छ । यसको तौल अन्य इन्ट्री लेवलका एड्भेन्चर बाइक भन्दा कम अर्थात १४५ किलोग्राम मात्र छ ।
यो मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स २४१ एमएम छ, जुन रोयल इन्फिल्ड हिमालयनको भन्दा पनि धेरै हो भने ट्युबुलर स्टिल क्रेडल फ्रेम छ । त्यसैगरी सिटको उचाई ८३० एमएम छ ।
हालै यसको प्याटेन्ट दर्ता भएकाले यो मोटरसाइकल बजारमा कहिले आउछ भन्ने वारेमा भने अहिले नै केही भन्न सकिने अवस्था छैन ।
होन्डाले भारतिय बजारबाट ९२ हजार ६७२ यूनिट कार फिर्ता बोलाएको छ । इन्धन...
होन्डाले छिट्टै भारतीय बजारमा आफ्नो पहिलो ईभी ल्याउने तयारी थालेको छ ।...
होन्डाले आफ्नो लक्जरी सेडान अकोर्डको ११औं जेनेरेसन अपडेट भर्सनमा लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...