होन्डा बाइक स्कुटर किन्दा ५ हजार छुट, शुरुमा १ रुपैयाँ बुझाएर मात्र पनि किन्न पाइने

काठमाडौं – नयाँ वर्ष २०७८ को अवसरमा होन्डा बाइक वा स्कुटर किन्दा ५ हजार रुपैयाँ छुट पाइने भएको छ । होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सो अफर ल्याएको हो ।

नयाँ बाइक वा स्कुटर नगदमा किन्न चाहनेहरुका लागि ल्याइएको सो अफर फाइनान्स र एक्सचेन्ज गरेर खरिद गर्दा समेत प्राप्त गर्न सकिने छ ।

त्यसैगरी होन्डाले लकडाउन पश्चात लागू गरेको १ रुपैयाँ डाउन पेमेन्टलगायतका विभिन्न अफरलाई अहिले पनि निरन्तरता दिने भएको छ । यस अन्तर्गत होन्डाका बाइक तथा स्कुटर किन्दा शुरुमा १ रुपैयाँ मात्र डाउन पेमेन्ट बुझाए पुग्ने भएको छ । त्यसैगरी सो बाइक वा स्कुटरको मासिक किस्ता १ रुपैयाँ र ब्याज पनि १ प्रतिशत मात्र हुनेछ ।

यसका लागि होन्डाले विभिन्न प्रकारका योजना सार्वजनिक गरेको छ । पहिलो योजना अन्तर्गत मोटरसाइकल किन्न चाहने ग्राहकले १ रुपैयाँ डाउनपेमेन्ट गरेर बाँकी रकम बढीमा ३ बर्षसम्ममा तिर्न सकिने छ । कम्पनीको नियम अनुसार ठिक समयमा किस्ता बुझाउँदा यसमा १३ प्रतिशत ब्याजदर पर्नेछ ।

दोस्रो योजना अन्तर्गत एक रुपैयाँ मासिक किस्तामा होन्डा मोटरसाइकल तथा स्कुटर किन्न सकिने छ । यस अन्तर्गत चार किसिमको डाउन पेमेन्ट सुविधा उपलब्ध छ ।

यो योजनामा ४० प्रतिशत डाउन पेमेन्ट गर्दा पहिलो तीन महिनासम्म १ रुपैयाँ किस्ता तिर्नु पर्नेछ । त्यस पश्चात् बाँकी रकमको रेगुलर किस्ता बनाएर तिर्नु पर्ने हुन्छ । यसको ब्याजदर १६ प्रतिशत हुनेछ ।

त्यसैगरी ५० प्रतिशत डाउन पेमेन्ट गर्दा पहिलो ६ महिना सम्म १ रुपैयाँ किस्ता तिर्दा हुन्छ । ६ महिनापछि बल्ल बाँकी रकम किस्ताको रुपमा बुझाउनु पर्छ ।

त्यसैगरी ६० प्रतिशत डाउनपेमेन्ट गर्दा पहिलो ९ महिना र ७० प्रतिशत डाउनपेमेन्ट गर्दा पहिलो एक बर्ष १ रुपैयाँ मात्र किस्ता तिर्नु पर्छ । यी सबैमा १६ प्रतिशत ब्याजदर लाग्छ ।

तेस्रो योजना अन्तर्गत एक प्रतिशत ब्याजमा होन्डाका मोटरसाइकल तथा स्कुटर किन्न सकिन्छ । यो योजनमा ग्राहकले १ प्रतिशतमा ब्याज दरमा ऋण प्राप्त गर्छन् र यसको अवधि एक वर्ष हुन्छ । यसको अर्थ बाइक वा स्कुटर किन्नका लागि होन्डाले आफै ऋण उपलब्ध गराउँछ र सो ऋण एक वर्ष भित्र तिर्न सकिन्छ । यस योजनामा मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकले ६० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

चौथो योजना अन्तर्गत आफूलाई जुन सहज हुन्छ, त्यही अप्सन ग्राहकले छनोट गर्न सक्छन् । यस अन्र्तगत ग्राहकले ३ वर्ष सम्मको कर्जा अवधि भएको ऋण वा २० प्रतिशत डाउनपेमेन्ट देखिको सुविधा लिन सक्छन् । नियमित रुपमा किस्ता तिर्दा यसमा १३ प्रतिशत ब्याज लाग्छ ।

यी सबै योजनामा बिमा वापत लाग्ने सबै खर्च र नामसारी गर्न लाग्ने रकम अग्रिम रुपमा ग्राहकले नै बुझाउन पर्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...