सीबी ३५० मा आधारित नयाँ स्क्र्याम्ब्लर बाइक ल्याउँदै होण्डा
सीबी ३५० मा आधारित नयाँ एड्भेन्चर मोटरसाइकलसंगै होण्डाले अर्को नयाँ...
काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी र नबिल बैक लिमिटेड बीच होन्डाका गाडीमा लगानी गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पत्रमा स्याकार ट्रेडिङ्ग कम्पनीका तर्फबाट म्यानेजिङ डाईरेक्टर सिर्जना ज्योति तथा नबिल बैकका तर्फबाट हेड रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार होन्डा कारका ग्राहकहरुका लागि बैंकले ऋण प्रवाह गर्न प्रारम्भ गरिसकेको छ । स्याकार टेडिङ कम्पनीले आयात गरेर बिक्री बितरण गर्ने होन्डाका गाडी नेपालभर रहेका आफ्ना २५६ शाखा कार्यालय मार्फत प्राप्त गर्न सकिने छ ।
गाडीको मुल्यको ७० प्रतिशत सम्म बैंकले कर्जा लगानी गर्नेछ । साथै यस्तो कर्जा बढीमा ७ बर्षको लागि उपलब्ध हुने बताइएको छ ।
सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको होन्डा कारका अपरेसन म्यानेजर बिदिस पोखरेलले जानकारी दिए ।
यो सम्झौता पश्चात दुई संस्थाबीचको व्पार बढाउन सहयोगी हुने र भविष्यमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बिचार बैकका हेड रिटेल लेन्ड चाँदनी श्रेष्ठले व्यक्त गरिन् ।
होन्डा कारका सबै सोरुम तथा डिलरहरुबाट नबिल बैंकसँग भएको सम्झौता अनुसार होन्डाका गाडी खरिद गर्ने ग्राहकहरुलाई आवश्यक ऋण लिने प्रकृयामा सहजीकरण गरिने स्याकार ट्रेडिङ कम्पनीका फाइनान्स म्यानेजर आनन्द राजा शाहले जानकारी दिए ।
ज्योति ग्रुप अन्र्तगत स्याकार टेडिङ कम्पनीले नेपालमा होन्डाको आधिकारिक बितरकको रुपमा कार्य गर्दै आएको छ । कम्पनीले भारत, थाइल्याण्ड, जापान आदि कारखानामा उत्पादित गाडीहरु नेपालमा आयात गरि नेपालको बजारमा बिक्री वितरण गर्ने र बिक्री पछिको सेबा दिदै आएको छ ।
सीबी ३५० मा आधारित नयाँ एड्भेन्चर मोटरसाइकलसंगै होण्डाले अर्को नयाँ...
नेपालीहरुको महान चाडपर्वहरु दसैं, तिहार र छठ लगायतका पर्वहरुलाई लक्ष्यित...
काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न बाइक तथा कारहरु सस्तो मूल्यमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...