नेपालमा चलिरहेका ७०० होन्डा कारमा एयरब्याग परिवर्तन आवश्यक, सम्पर्क राख्न कम्पनीको आग्रह
नेपाली बजारमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
होन्डाले आफ्नो ब्रान्ड पहिचानमा ऐतिहासिक परिवर्तन गरेको घोषणा गरेको छ। अबदेखि होन्डाका इलेक्ट्रिक र पेट्रोल अर्थात आईसीई (इन्टरनल कम्बसन इन्जिन) मोटरसाइकलहरू फरक–फरक प्रतीक (एम्ब्लेम) र दृश्य पहिचानका साथ बजारमा आउने भएका छन्। यस नयाँ रणनीतिले कम्पनीको भविष्यको दिशालाई स्पष्ट पार्दै इलेक्ट्रिफिकेशन, प्रविधि र डिजाइनमा नयाँ युगको सुरुवात गर्ने संकेत गरेको छ।
होन्डाले यसपटक तीनवटा फरक एम्ब्लेम (प्रतीक) प्रस्तुत गरेको छ। तीमध्ये दुईवटा पेट्रोल मोटरसाइकलका लागि र एउटा इलेक्ट्रिक मोटरसाइकलका लागि हुनेछ । कम्पनीले यस कदमलाई “भविष्य र परम्पराको सहअस्तित्व“ भनेर परिभाषित गरेको छ - जसअन्तर्गत परम्परागत विङ लोगोको विरासतलाई कायम राख्दै इलेक्ट्रिक युगको लागि नयाँ दृश्य भाषा अपनाइएको छ।
इलेक्ट्रिक मोटरसाइकलहरूमा अब मिनिमलिस्ट र आधुनिक डिजाइनमा तयार गरिएको नयाँ “होन्डा” वर्डमार्क लोगो प्रयोग गरिनेछ। यो फन्ट पहिलो पटक ज्यलमब डब्लुएन७ इलेक्ट्रिक मोडलमा देखिएको थियो।
नयाँ लोगोले होन्डाको “स्वच्छ, प्रविधिमुखी र भविष्यमुखी“ छवि प्रस्तुत गर्ने उद्देश्य बोकेको छ। यसैसँगै, यो डिजाइनले अब इलेक्ट्रिक शोरुम, चार्जिङ स्टेशन र मार्केटिङ सामग्रीहरूमा पनि एकरूपता ल्याउनेछ।
कम्पनीका अनुसार, इलेक्ट्रिक लाइनअपका उत्पादनहरू अबदेखि स्वतन्त्र रूपमा ब्रान्ड गरिनेछन्, जसले ग्राहकलाई पेट्रोल र इलेक्ट्रिक उत्पादनबीच स्पष्ट छुट्याउन सहज बनाउनेछ।
होन्डाको विख्यात “विङ” लोगो सन् १९४७ देखि प्रयोग हुँदै आएको हो, जसले कम्पनीको स्वतन्त्रता, गति र नवप्रवर्तनको प्रतीक बनेको छ। अब यस लोगोका दुई नयाँ रूप प्रस्तुत गरिएका छन् — एक फ्ल्यागशिप मोडलहरूका लागि र अर्को मिड–टायर तथा कम्युटर मोटरसाइकलहरूका लागि।
फ्ल्यागशिप मोडलहरूका लागि नयाँ सिल्भर विङ लोगो प्रयोग हुनेछ । होन्डा सीबीआर १०००आरआर–आर फायरब्लेड, रिबेल ११०० र गोल्ड विङ लगायतका प्रिमियम र उच्च प्रदर्शनका मोडलहरुमा अब कालो पृष्ठभूमिमा चम्किलो सिल्भर विङ लोगो प्रयोग हुनेछ । यो डिजाइनले “शक्ति, प्रतिष्ठा र उत्कृष्ट इन्जिनियरिङ”को भावना झल्काउँछ।
नयाँ लोगो पहिलो पटक ईआईसीएमए २०२५ मा प्रदर्शित बाइकहरुमा देखाइएको छ र अबदेखि सबै फ्ल्यागशिप मोडलमा यसको प्रयोग हुनेछ।
एक्टिभा, साइन, युनिकर्न वा हर्नेट जस्ता दैनिक प्रयोगका लागि बनाइएका मोटरसाइकलहरूमा भने पहिलेझैँ रातो पृष्ठभूमिमा सिल्भर विङ र तल “होन्डा” लेखिएको लोगो नै कायम हुनेछ। यसले होन्डाको परम्परा, विश्वसनीयता र सहजता जनाउनेछ।
होन्डाको यो कदम केवल लोगो परिवर्तनमा सीमित छैन। यो समग्र ब्रान्ड दर्शन र व्यवसायिक दृष्टिकोणमा रूपान्तरण हो। कम्पनीले विश्वभरका ग्राहकहरूलाई अब दुईवटा फरक तरिकामा सन्देश पठाउनेछ - एक, परम्परागत पेट्रोल इन्जिनमा आधारित प्रदर्शन र विश्वसनीयतामा गर्व गर्ने होन्डा, र अर्को, सफा ऊर्जा, प्रविधि र भविष्यमुखी गतिशीलताको प्रतिनिधित्व गर्ने इलेक्ट्रिक होन्डा।
नयाँ लोगो र ब्रान्ड आइडेन्टिटी अब २०२६ आर्थिक वर्षदेखि विश्वव्यापी रूपमा लागू हुने बताइएको छ। यसले केवल उत्पादनमा होइन, शोरूम डिजाइन, डिजिटल उपस्थिति, मिडिया सामग्री र विज्ञापन शैलीमा पनि परिवर्तन ल्याउनेछ।
होन्डाका ईभी शोरूमहरूमा भविष्यमुखी डिजाइन, न्यून रंग योजना र डिजिटल इन्फोटेनमेन्ट अनुभवलाई प्राथमिकता दिइनेछ। यसले नयाँ पुस्ताका ग्राहकहरू - विशेषगरी युवा र पर्यावरण सचेत उपभोक्ताहरू - लाई आकर्षित गर्ने लक्ष्य राखेको छ।
नेपाली बजारमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
जापनिज अटो निर्माता होन्डाले अर्को वर्ष कम्प्याक्ट सेडान अमेजको नेक्स्ट...
जापनिज टु ह्विलर कम्पनी होन्डाले पछिल्लो समय प्रोडक्ट रेन्ज थप गर्दै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...