होन्डा इलेक्ट्रिक एसयूभीको भारतीय सडकमा परीक्षण चल्दै, छिट्टै लन्च हुने तयारी
होन्डाले आफ्नो नयाँ इलेक्ट्रीक एसयूभी जेरो अल्फा ईभीलाई भारतीय सडकमा...
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले भारतीय बजारमा दुई नयाँ मोटरसाइकल सीबी १२५ हर्नेट र साइन १०० डीएक्स लन्च गरेको छ। सीबी १२५ हर्नेटको मूल्य १ लाख १२ हजार र साइन १०० डीएक्सको सुरुआती मूल्य ७४ हजार ९५९ भारु राखिएको छ । यी बाइक अगस्ट १, २०२५ देखि बुकिङका लागि उपलब्ध छन्।
सीबी १२५ हर्नेट १२५ सीसी स्पोर्ट्स बाइक सेगमेन्टमा टीभीएस रेडर १२५, बजाज पल्सर एनएस १२५ र हिरो एक्सट्रिम १२५ आरसँग र साइन १०० डीएक्सले बजाज प्लाटिना १०० र हिरो एचएफ डिलक्स प्रोसँग प्रतिस्पर्धा गर्नेछ ।
सीबी १२५ हर्नेटलाई होन्डाको हर्नेट शृङ्खलाबाट प्रेरित आक्रामक र स्पोर्टी डिजाइनमा तयार गरिएको छ। बाइकमा एलसीडी कन्सोल, एलईडी डेटाइम रनिङ लाइटसहितको ट्विन एलईडी हेडल्याम्प, हाई-पोजिसन टर्न इन्डिकेटर जडान गरिएको छ।
यसमा अगाडि इन्भर्टेड टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ, जसले स्पोर्ट्स राइडिङमा स्थिरता र नियन्त्रण दिन्छ। बाइकमा १७ इन्चको अलोय ह्विलसहित ट्युबलेस टायर, अगाडि २७६ एमएम र पछाडि २२० एमएमको डिस्क ब्रेकसहित ड्युअल-च्यानल एबीएस दिइएको छ ।
सीबी १२५ हर्नेटमा १२३.९४ सीसीको ४-स्ट्रोक, सिंगल-सिलिन्डर, एयर-कुल्ड एसआई इन्जिन प्रयोग गरिएको छ। यसले ८.३ किलोवाट पावर र ११.२ एनएमको टर्क उत्पन्न गर्छ। बाइकले ० देखि ६० किलोमिटर प्रति घण्टा गति ५.४ सेकेन्डमै लिन सक्छ। यसमा ५ स्पिड गियरबक्स दिइएको छ।
साइन १०० डीएक्सलाई क्लासिक लुकमा प्रिमियम डिजाइन दिइएको छ। यसमा अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ५ स्टेप एडजस्टेबल मोनोशक सस्पेन्सन दिइएको छ, जसले खराब सडकमा पनि सन्तुलन कायम राख्न मद्दत गर्छ। यसमा १७ इन्च अलोय ह्विल, ट्युबलेस टायर र अगाडि तथा पछाडि १३० एमएम ड्रम ब्रेकसहितको सीबीएस उपलब्ध छ।
साइन १०० डीएक्समा ९८.९८ सीसीको ४-स्ट्रोक, सिंगल-सिलिन्डर इन्जिन छ, जसले ७५०० आरपीएममा ५.२ किलोवाट पावर र ५००० आरपीएममा ८.०४ एनएमको टर्क उत्पन्न गर्छ। सो बाइक ४ स्पिड गियरबक्समा आधारित छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...