५ हजार रुपैयाँमै ग्राजिया बिएस६ बुकिङ गर्न सकिने, सोहि रकम क्यसब्याक समेत पाइने
होन्डा टु ह्विलरको नेपालमा लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले...
होन्डाले कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस २०२५) मा जिरो सिरिज अन्तर्गत होन्डा जिरो एसयूभी र होन्डा जिरो सलोन कारको प्रोटोटाइप प्रस्तुत गरेको छ । साथै उक्त शोमा कम्पनीले कारमा प्रयोग हुने अपरेटिङ सिस्टम पनि पेश गरेको छ ।
कम्पनीले पेश गरेको सो कार मिड साइज इलेक्ट्रिक एसयूभीको प्रोटोटाइप हो । जिरो सिरिज अन्तर्गत ल्याइएका दुवै कारको डिजाइन पनि विशेष राखिएको छ । ईभी आर्किटेक्चरमा आधारित सो कारमा कम्पनीले सुरक्षाका लागि लेभल-३ एडास पनि उपलब्ध गराउनेछ।
यसमा एक्सटेरियर र इन्टेरियरलाई निकै फ्युचरिस्टिक बनाइएको छ । यसको रुफ र ढोकामा एम्बियन्ट लाइट, स्पोर्टी स्टाइल सिट, नयाँ डिजाइन गरिएको स्टेयरिङ ह्विल, ठुलो स्क्रिन इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रयुमेन्ट क्लस्टर, फ्रेम लेस डोर, असिमो अपरेटिङ सिस्टम, थ्रीडी जाइरो सेन्सर जस्ता फिचर समावेश छ । यसलाई सेल्फ ड्राइभिङ कारको रूपमा पनि प्रयोग गर्न सकिन्छ।
सो प्रोटोटाइप मोडल सीईएस २०२४ मा स्पेस हब कन्सेप्ट मोडलमा आधारित सीईएस २०२५ मा ल्याइएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले सलोन मोडल पहिले लन्च गर्नेछ र यसलाई सन् २०२६ मा उत्तर अमेरिकी बजारमा ल्याइनेछ। त्यसपछि यसलाई जापान र युरोपका देशमा बिक्रीको लागि उपलब्ध गराइनेछ।
भविष्यमा क्रमशः भारत वा नेपालका बजारमा पनि यो गाडी उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
होन्डा टु ह्विलरको नेपालमा लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले...
होन्डाले भारतमा आफ्नो कम्प्याक्ट एसयूभी एलिभेट १०० दिनभित्र २० हजार बढी...
काठमाडौं – नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...