सुपर बाइक अनुभव : बाइकको ट्यांकीमा चाबी भएको होन्डा हर्नेट २.०

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका बाइकहरु मध्ये होन्डा हर्नेटमा एक विशेष फरक रहेको छ । यसको इन्धन ट्यांकीमै चाबी अर्थात की प्रयोग गर्न सकिने स्थान छ । यसले गर्दा राइडरले बाइक स्टार्ट गर्न वा बन्द गर्नका लागि अगाडि झुक्नु पर्ने झन्झट हुँदैन ।

उक्त स्लटमा चाबी घुसाएर आवश्यक कार्य गर्न सकिन्छ । सुपर बाइकको अनुभव लिने चाहना भएका राइडरहरुका लागि यो एउटा उपयुक्त विकल्प भएको कम्पनीको भनाइ छ ।

होन्डा हर्नेट २.० मा १८४ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड एफआई बीएस६ इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ । १२ लिटर क्षमताको इन्धन ट्यांकी रहेको यसमा ५ स्पिडको गियरबक्स जडान गरिएको छ ।

त्यस्तै हर्नेट २.० मा अल डिजिटल कन्सोल दिइएको छ । निक्कै आकर्षक डिजाइनमा रहेको हर्नेट २.० मा १७ इन्चको अलोय ह्विल रहेको छ । होन्डाले हर्नेट २.० लाई प्रिमियम बनाउन यूएसडी फोर्क, अल डिजिटल ब्लु व्याकलिट इन्स्टयुमेन्ट कन्सोल दिएको छ ।

यो मोटरसाइकलमा फरवार्ड लिनिङ डिजाइन र बल्की ट्यांक रहेको छ । यसमा सबैतिर एलईडी लाइट सेटअप छ । एक्स आकारको टेलल्याम्पले यसमा फरक आकर्षण दिएको छ । यसमा स्पोर्टी स्प्लिट सिट र फुल्ली डिजिटल, लिक्विड क्रिस्टल मिटर रहेको छ ।

यसमा रहेको डिजिटल कन्सोलमा ब्याट्री भल्ट मिटरसमेत रहेको छ । यस्तै डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्ड कलर अपसाइड डाउन फोर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलईडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता फिचर नयाँ हर्नेट २.० मा उपलब्ध रहेको छ ।

यसको मूल्य ४ लाख ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

ज्याङलापास पुगेर ५,३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कुटर बन्यो होन्डा डिओ १२५

ज्याङलापास पुगेर ५,३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कुटर बन्यो होन्डा डिओ १२५

काठमाडौँ – नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कुटरले ५ हजार ३००...

नेपाली बजारमा होन्डा मोटरसाइकल र स्कुटरको मूल्यमा ४ हजार सम्म वृद्धि

नेपाली बजारमा होन्डा मोटरसाइकल र स्कुटरको मूल्यमा ४ हजार सम्म वृद्धि

काठमाडौं – नेपाली बजारमा उपलब्ध होन्डा मोटरसाइकल र स्कुटरको मूल्यमा ४...

रोयल इन्फिल्ड, होन्डा र हिरो मोटरसाइकल नेपालमै एसेम्बल हुने, दर्ता भए तीन उद्योग

रोयल इन्फिल्ड, होन्डा र हिरो मोटरसाइकल नेपालमै एसेम्बल हुने, दर्ता भए तीन उद्योग

नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...