होन्डा हर्नेट २.० : बाइकरहरुले मन पराउने एक मोडल

नेपाली बजारमा उपलब्ध होन्डाका विभिन्न मोटरसाइकल मध्ये हर्नेट २.० एक हो ।  नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सो बाइक नेपाली बजारमा बिक्रीका लागि उपलब्ध गराएको छ । 

होन्डा हर्नेट २.० मा १८४ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड एफआई बीएस६ इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ । १२ लिटर क्षमताको इन्धन ट्यांकी रहेको यसमा ५ स्पिडको गियरबक्स जडान गरिएको छ ।

त्यस्तै हर्नेट २.० मा अल डिजिटल कन्सोल दिइएको छ । निक्कै आकर्षक डिजाइनमा रहेको हर्नेट २.० मा १७ इन्चको अलोय ह्विल रहेको छ । होन्डाले हर्नेट २.० लाई प्रिमियम बनाउन यूएसडी फोर्क, अल डिजिटल ब्लु व्याकलिट इन्स्टयुमेन्ट कन्सोल दिएको छ ।

यो मोटरसाइकलमा फरवार्ड लिनिङ डिजाइन र बल्की ट्यांक रहेको छ । यसमा सबैतिर एलईडी लाइट सेटअप छ । एक्स आकारको टेलल्याम्पले यसमा फरक आकर्षण दिएको छ । यसमा स्पोर्टी स्प्लिट सिट र फुल्ली डिजिटल, लिक्विड क्रिस्टल मिटर रहेको छ ।

यसमा रहेको डिजिटल कन्सोलमा ब्याट्री भल्ट मिटरसमेत रहेको छ । यस्तै डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्ड कलर अपसाइड डाउन फोर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलईडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता फिचर नयाँ हर्नेट २.० मा उपलब्ध रहेको छ ।

यसको मूल्य ४ लाख ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा होन्डा सीआरएफ ३००एल र ३००एल -याली : मूल्य १७.५० लाख र १९.५० लाख

नेपाली बजारमा होन्डा सीआरएफ ३००एल र ३००एल -याली : मूल्य १७.५० लाख र १९.५० लाख

काठमाडौं – नेपाली बजारमा होन्डाले सीआरएफ ३००एल र ३००एल -याली मोटरसाइकल...

भारतिय बजारका लागि होन्डाको पहिलो ईभी एलीभेटमा आधारित हुने

भारतिय बजारका लागि होन्डाको पहिलो ईभी एलीभेटमा आधारित हुने

होन्डाले छिट्टै भारतीय बजारमा आफ्नो पहिलो ईभी ल्याउने तयारी थालेको छ ।...

चाडबाडमा होन्डा बाइक वा स्कुटर किन्दा १० लाख सम्म नगद जित्न सकिने, बिग बाइकमा १ लाख छुट

चाडबाडमा होन्डा बाइक वा स्कुटर किन्दा १० लाख सम्म नगद जित्न सकिने, बिग बाइकमा १ लाख छुट

काठमाडौं – होन्डा टु ह्विलर्सको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...