भारतमा वार्षिक ८० लाख बाइक उत्पादन गर्ने होन्डाको योजना
काठमाडौं–होन्डाले भारतलाई आफ्ना दुई पाङ्ग्रे सवारी साधनको प्रमुख...
काठमाडौं – होन्डाको नयाँ बाइक हर्नेट २.० नेपाली बजारमा आइपुगेको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सो बाइक नेपाली बजारमा बिक्रीका लागि उपलब्ध गराउने छ । शोरुममा आइपुगेको भए पनि यसको आधिकारिक बिक्री भने केही दिन पछि मात्र प्रारम्भ हुने बताइएको छ ।
भारतीय बजारमा गत वर्ष नै सार्वजनिक भएको हर्नेट २.० कोभिड १९ संक्रमणको कारण नेपालमा उपलब्ध हुन सकेको थिएन । अब भने यो मोटरसाइकल रुचाउने युवाहरुले यसको प्रयोग गर्न पाउने भएका छन् ।
शोरुममा आईसकेको हर्नेट २.० को केहि समय पछी नै बिक्री सुरु गर्ने जनाएको छ । होन्डा हर्नेट २.० मा १८४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड एफआई बीएस६ इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ । १२ लिटर क्षमताको इन्धन ट्याङक रहेको यसमा ५ स्पिडको गियर बक्स जडान गरिएको छ । त्यस्तै हर्नेट २.० मा अल डिजिटल कन्सोल दिइएको छ । निक्कै आकर्षक डिजाइनमा रहेको हर्नेट २.० मा १७ इन्चको अलोय ह्वील रहेको छ । होन्डाले हर्नेट २.० लाई प्रिमियम बनाउन यूएसडी फर्क, अल डिजिटल ब्लु व्यकलिट इन्स्टुमेन्ट कन्सोल दिएको छ ।
यसमा रहेको डिजिटल कन्सोलमा व्याट्री भल्ट मिटरसमेत रहेको छ । यस्तै डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्ड कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता फिचर नयाँ हर्नेट २।० मा उपलब्ध रहेको छ ।
अब होन्डाको यो बाइकले नेपाली बजारमा पल्सर एनएस २०० र टीभीएस अपाचे आरटीआर २०० ४भी सँग प्रतिस्पर्धा गर्नेछ ।
होन्डा हर्नेट २.० को नेपाली बजारमा ४ लाख ६० हजार मूल्य तोकिएको कम्पनी स्रोतको भनाइ छ । यद्यपि अहिले ग्राहकको धारणा बुझिरहेको र यो मूल्यमा हेरफेर हुन सक्ने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...