यस्तो हुन सक्छ होन्डा हर्नेट २.० एड्भेन्चर, हिरो एक्सपल्स २०० लाई टक्कर दिने अपेक्षा

होन्डाले केही समय पहिले नयाँ बाइक हर्नेट २.० सार्वजनिक गरेको छ । यो बाइकमार्फत होन्डा १८०–२०० सीसी बाइक बजारमा प्रवेश गरेको छ । अब होन्डाको लक्ष्य के होला ? यतिले मात्र त नपुग्ला ।

विश्लेषकहरुले अब होन्डाले यही बाइकमा आधारित एड्भेन्चर मोडल सार्वजनिक गर्ने अनुमान गरेका छन् । यदि होन्डाले एड्भेन्चर बाइक बजारमा ल्यायो भने हाल निकै नै लोकप्रिय मानिएको हिरो एक्पपल्सलाई कडा टक्कर दिन सक्छ भन्ने अनुमान गरिएको छ । यो अवस्थामा कस्तो होला त होन्डाको त्यो एड्भेन्चर बाइक ? धेरैका लागि कौतुहलताको विषय बनेको छ ।

यही कुरालाई मनन गरी का डिजिटल आर्टिस्ट सोएबले होन्डा हर्नेट २.० मा आधारित ड्युअल स्पोर्ट मोडलको रेन्डरिङ गरेका छन् । यसका आधारमा उनले बाइको अघिल्लो भागदेखि समग्र मोडलमा के के परिवर्तन हुन्छ र कस्तो देखिन्छ भन्ने स्पष्ट खुलाएका छन् ।

उनका अनुसार होन्डाको सो बाइकको अघिल्लो भागमा थप फेयरिङ सहित एड्भेन्चर स्टाइल र ड्युअल स्पोर्ट मोडल देखिने गरी परिमार्जन गरिने छ । यसको हेडल्याम्पलाई केही मोडिफाई गरिने छ । यसको सिट पनि अलि उठेको र सहज हुनेछ ।

यसको सस्पेन्सन सेटअप उही हुनेछ भने ड्युअल परपोज टायर प्रयोग गरिने छ । यसमा ठूलो बेली प्यान प्रयोग गरिने छ भने रिडिजाइन गरिएको साइड माउन्टेड एक्जस्ट हुनेछ । यसको टेल सेक्सन पनि हालको हर्नेट २.० भन्दा फरक हुनेछ, जसमा ठूलो ग्रयाब रेल र ट्विक्ड टेलल्याम्प हुनेछ ।

समग्रमा हर्नेट एड्भेन्चर निकै नै आकर्षक हुनेछ र यसले हिरो एक्सपल्स २०० सँग प्रतिस्पर्धा गर्नेछ । यद्यपि यसको इन्जिनमा के हुने भन्ने वारेमा भने केही भन्न सकिदैन ।

हाल हर्नेट २.० मा १८४ सीसी सिंगल सिलिन्डर इन्जिन छ, जसमा होन्डाको एचईटी र पीजीएम–एफआई प्रविधि छ । यसले १२.२६ पीएस पावर र १६.१ एनएम टर्क जेनेरेट गर्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...