६५ किमी माइलेज दिने मोटरसाइकल ल्याउदै होन्डा, हिरो स्प्लेन्डरको प्रतिस्पर्धी बन्ने
होन्डाले आगामी मार्च १५ मा एक नयाँ मोटरसाइकल लन्च गर्ने योजना बनाइरहेको छ,...
काठमाडौं – नेपाली बजारमा होन्डाले पहिले देखि नै उपलब्ध गराउदै आएको डर्ट बाइक होन्डा एक्सआर १९०एलको मूल्य ३७ हजार रुपैयाँले बढेको छ । पहिले ६ लाख ४९ हजार ९ सय रुपैयाँमा बिक्री भएको यो मोटरसाइकलको नयाँ मूल्य ६ लाख ८६ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।
बीचमा केही समय स्टक नै सकिएको यो मोटरसाइकल नयाँ मूल्यका साथ सार्वजनिक गरे पश्चात फेरि यसको स्टक सकिएको छ । यद्यपि अब बुकिङ गर्नेलाई पनि करिव १५ दिन भित्रै मोटरसाइकल डेलिभरी गरिने कम्पनी स्रोतले जनाएको छ ।
नेपाली बजारमा होन्डाका अन्य मोडलका साथै दुई मोडलका डर्ट बाइक एक्सआर १५०एल र एक्सआर १९०एल निकै नै रुचाइएका मोडल हुन् । डर्ट बाइक प्रेमीहरुले निकै नै रुचाउने यो मोटरसाइकल एड्भेन्चरका लागि विशेष उपयुक्त छ ।
स्ट्रेन्थ, एजिलिटी, इकोनोमी र मोर पावर गरी चार विशेष गुणले सुसज्जित यो मोटरसाइकललाई एक्सआर फेमिलीमा हुने विशेष ‘ड्युआलिटी’ गुण भएको मोटरसाइकल मानिन्छ । यसका कारण यसलाई सहरी र अन्य सबै सडकमा कुदाउन सकिन्छ । दैनिक जीवन वा सप्ताहन्तमा छुट्टी मनाउन जानेहरुका लागि समेत यो मोटरसाइकल निकै नै उपयोगी छ ।
यो मोटरसाइकलमा भएको पीजीएम–एफआई इन्जिनले इन्जिन डाटाको आधारमा सिलिन्डरमा उपयुक्त मात्रामा इन्धन पु¥याउछ । १२ लिटरको इन्धन ट्यांकी भएकाले लामो दुरीको यात्रा बिना कुनै झन्झट गर्न सकिन्छ ।
२४५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्सका कारण बाइकलाई जस्तोसुकै अफरोडमा समेत सहजताका साथ कुदाउन सकिन्छ । सबै उचाइका चालकहरुलाई उपयुक्त हुने गरी यसमा ८२३ एमएम हाइटको सिट राखिएको छ ।
यो मोटरसाइकलमा भएको १८४.४ सीसी एयरकुल्ड, सिंगल सिलिन्डर एसओएचसी इन्जिनले १५.६ एचपी पावर र १५.७ एनएम टर्क जेनेरेट गर्छ ।
पछिल्लो भागमा राखिएको स्टिल क्यारियरमा आवश्यकता अनुसार विभिन्न सामान राख्ने टप बक्सलाई पोजिसन गर्न सकिन्छ । यसको सहयोगले करिब २० किलोग्राम सम्मको सामान पछिल्लो भागमा राख्न सकिन्छ । अफरोड राइडिङमा सहजताका लागि यसमा क्रसबार डिजाइनको ह्यान्डल बार राखिएको छ, जसको सहयोगले कमान्डिङ राइडिङ पोजिसन तथा इन्स्ट्रयुमेन्ट क्लस्टर पनि फुल भ्यु गर्न सकिन्छ ।
यसरी लिन सकिन्छ मोटरसाइकल
होन्डा एक्सआर १९०एल किन्न चाहनेका लागि होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ५० प्रतिशत डाउन पेमेन्टको सुविधा उपलब्ध गराएको छ । यस अनुसार शुरुमा यो मोटरसाइकलको मूल्यको ५० प्रतिशत अर्थात ३ लाख ४३ हजार ४५० रुपैयाँ बुझाउनु पर्छ । बाँकी रकमलाई २४ महिना सम्म १६ हजार ५ सय रुपैयाँको दरले किस्ताबन्दीको रुपमा बुझाउन सकिन्छ ।
यसरी बुझाउदा १४ प्रतिशतको दरले ब्याज लिने भए पनि समयमै किस्ता बुझाउनेका लागि ब्याज छुट समेत हुने भएकाले सामान्यतः ११.५ प्रतिशत सम्म ब्याजदर हुन सक्छ ।
शुरुमा मोटरसाइकल लिदा भने रजिष्ट्रेसन शुल्क १ हजार ५ सय, इन्स्योरेन्स शुल्क २७ हजार ८ सय र सेवा शुल्क ५ हजार ६५० समेत बुझाउनु पर्छ ।
यो वाहेक ग्राहकले आफ्नो सुविधा अनुसार ४० प्रतिशत वा ६० प्रतिशत डाउन पेमेन्ट स्किममा समेत यो मोटरसाइकल लिन सकिने सुविधा उपलब्ध छ ।
आवश्यक कागजात
नयाँ मोटरसाइकल किन्न चाहनेले नागरिकताको प्रमाणपत्र सहित २ प्रति पासपोर्ट साइजको फोटो, आम्दानीको स्रोत खुल्ने डकुमेन्ट र पानी वा विद्युतको बिल समेत उपलब्ध गराउनु पर्छ ।
होन्डाले आगामी मार्च १५ मा एक नयाँ मोटरसाइकल लन्च गर्ने योजना बनाइरहेको छ,...
काठमाडौं- बागमती प्रदेश सरकारले साउन १ बाट नयाँ आर्थिक वर्ष सुरु भएसँगै सबै...
नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...