४ हजार रुपैयाँले बढ्यो होन्डाको लोकप्रिय स्कुटर डियोको मूल्य

काठमाडौं – नेपाली बजारमा लोकप्रिय मानिएको होन्डाको स्कुटर डियोको मूल्य ४ हजार रुपैयाँले बढेको छ । नेपाली बजारमा उपलब्ध होन्डाको स्कुटर डियो डीएलएक्सको मूल्य पहिले २ लाख १२ हजार ९ सय भएकोमा अब यसको मूल्य २ लाख १६ हजार ९ सय रुपैयाँ पुगेको छ । होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार होन्डाको यो र अन्य स्कुटरका साथै केही बाइकको मूल्यमा समेत वृद्धि गरिएको छ । होन्डा एभिएटर स्कुटरको मूल्यमा पनि ४ हजार रुपैयाँले वृद्धि भई २ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको छ । होन्डा ग्राजिया डीएलएक्सको मूल्यमा १ हजार रुपैयाँले वृद्धि भई २ लाख ४२ हजार ९ सय रुपैयाँ पुगेको छ । ग्राजिया स्ट्यान्डर्डको मूल्यमा २ लाख २२ हजार ९ सय रुपैयाँ पुगेको छ । होन्डाका बाइक र स्कुटरको नयाँ मूल्य सूची यहाँ हेर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...