होन्डा डियो १२५ को नयाँ संस्करण सार्बजनिक, के–के छ फिचर ?

होन्डाले आफ्नो लोकप्रिय स्कुटर डिओ १२५ को नयाँ संस्करण लन्च गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । एक्स–एडिसनको नामले आउने तयारीमा रहेको सो स्कुटरलाई कम्पनीले सार्वजनिक गरेको छ । स्कुटर छिट्टै लन्च हुने अपेक्षा गरिएको छ ।

डियो १२५ एक्स–एडिसन अरेन्ज कलरको एलोय ह्वीलसहित पर्ल साइरन ब्लू र पर्ल डीप ग्राउन्ड ग्रेको बोल्ड डुअल–टोन कलर स्किममा आउने जनाइएको छ । जुन हाल बिक्री भइरहेको रेगुलर डिओभन्दा निकै आकर्षक र स्पोर्टी देखिनेछ ।

स्कुटरमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल राखिएको छ, जसले स्मार्टफोन कनेक्टिभिटी, कल/एसएमएस अलर्ट र टर्न–बाई–टर्न नेभिगेसन जस्ता सुविधाहरू प्रदान गर्दछ । यसमा यूएसवी टाइप–सी चार्जिङ पोर्ट पनि उपलब्ध छ ।

पावरट्रेनको कुरा गर्नुपर्दा, एक्स–एडिसन स्ट्यान्डर्ड डियो १२५ जस्तै छ । स्कुटरमा १२४ सीसी, एकल–सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ८.२ बीएचपी र १०.५ एनएम टर्क जनेरेट गर्दछ ।

सम्बन्धित समाचारहरू

होन्डा सीबी३००एफ बाइक लन्च, यस्तो छ विशेषताहरु

होन्डा सीबी३००एफ बाइक लन्च, यस्तो छ विशेषताहरु

होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले हालै होन्डा सीबी३०० एफ ३ रङ र २...

जापानमा अनावरण भारतमा उत्पादन, होन्डा जिरो अल्फा ईभी

जापानमा अनावरण भारतमा उत्पादन, होन्डा जिरो अल्फा ईभी

होन्डाले जापान मोबिलिटी शो २०२५ मा पहिलोपटक इलेक्ट्रिक होन्डा जिरो अल्फा...

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...