यी हुन् मलेसियामा बिक्री हुने टप ५ कार ब्रान्ड : यस्तो छ नेपालसँगको व्यापारिक साइनो
हामी नेपाल र भारत तथा चीनको कार बजारको वारेमा धेरै चर्चा गर्छौ । नेपालको...
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आफ्नो लोकप्रिय स्कुटर होन्डा डियो १२५ को नयाँ भेरिएन्ट ‘एक्स-एडिसन’ भारतमा लन्च गरेको छ । नयाँ संस्करणको मुख्य आकर्षण यसको डिजाइन, नयाँ ड्युअल टोन रङ संयोजन र स्पोर्टी ग्राफिक्स हुन् ।
होन्डा डियो १२५ एक्स एडिसनको एक्स शोरूम मूल्य ८७ हजार ७३३ भारु तोकिएको छ । भारतीय बजारमा यसले मुख्य रूपमा टीभीएस एनटर्कसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।
डियो १२५ एक्स एडिसन नयाँ नीलो र खैरो ड्युअल टोन रङ संयोजनमा उपलब्ध छ। सबैभन्दा ध्यान खिच्ने पक्ष भनेको यसको चम्किलो रातो रङका अलोय ह्विल हुन् । अगाडिको एप्रोनमा जडान गरिएको हेडल्याम्प, सार्प बडी लाइन, पछाडिको स्प्लिट ग्र्याब रेल र स्पोर्टी मफलरले यसलाई अझ आक्रामक लुक प्रदान गरेको छ।
होन्डा डियो १२५ एक्स एडिसनमा १२३.९७ सीसी क्षमताको सिंगल सिलिन्डर, पीजीएम एफआई प्रविधियुक्त, फ्यान–कुल्ड, ४ स्ट्रोक एसआई इन्जिन प्रयोग गरिएको छ। सो इन्जिन ओबीडी-२ मापदण्डअनुसार अपडेट गरिएको छ । यसले ८००० आरपीएममा ८.१९ बीएचपी पावर र ४७५० आरपीएममा १०.४ एनएमको अधिकतम टर्क उत्पादन गर्छ।
होन्डा डियो १२५ एक्स-एडिसन नयाँ डिजाइन र स्पोर्टी अपिल खोज्ने ग्राहकहरूका लागि आकर्षक विकल्पको रूपमा प्रस्तुत भएको छ, जसले लोकप्रिय डियो सिरिजलाई पुनर्ताजगी दिएको देखिन्छ।
हामी नेपाल र भारत तथा चीनको कार बजारको वारेमा धेरै चर्चा गर्छौ । नेपालको...
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक कार ल्याउने तयारी गरेको छ। यो कुनै पुरानो...
होन्डाले होन्डा एक्सआरई ३०० को २०२१ भर्सन लन्च गरेको छ । कम्पनीले सो बाइक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...