शोरुममा उपलब्ध छैन होन्डा सिआरभी र किया कार्निभल, सेकेन्ड ह्यान्ड किन्नेलाई यस्तो छ बिकल्प

होन्डाको निकै नै रुचाइएको एसयुभी सिआरभी र कियाको एमपीभी कार्निभल अहिले नेपालको शोरुमा उपलब्ध छैनन् । जसका कारण ब्रान्ड न्यू यी गाडी खरिद गर्न चाहने ग्राहकले अहिले यी दुबै गाडी चाहेर पनि खरिद गर्न सक्ने अबस्था देखिदैन । होन्डा गाडीको नेपालका लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले नयाँ सिआरभी हात पार्न ग्राहकले कम्तीमा पनि ३ महिना कुर्नुपर्ने बताएको छ भने कियाको बिक्रेता कन्टिनेन्टल एसोसियटले २०१९ पछि कार्निभलको आयत नै बन्द गरेको छ ।

यस्तो अबस्थामा यी दुई गाडी प्रयोग गर्न चाहने ग्राहकले तत्कालका लागि सेकेन्ड ह्यान्ड गाडी किन्नुको अर्को बिकल्प देखिदैन । ललितपुरको ज्वागलस्थित याला ड्रिम मोटर्समा यी दुई गाडी बिक्रीका लागि राखिएको छ ।

उक्त रिकन्डिसन हाउसमा बिक्रीका लागि उपलब्ध गराइएको सिआरभी २०१५ मोडलको हो । २ हजार सिसी क्षमतको पेट्रोल इन्जिन जडान गरिएको यो एसयुभीमा अटोमेटिक ट्रान्समिसन दिइएको छ । यसअघि २ जना ग्राहकको नाममा नामसारी भैसकेको यो गाडी जम्मा ३० हजार किलोमिटर गुडेको छ ।

जसको मूल्य ७३ लाख रुपैयाँ पर्ने बताइएको छ । नेपाली बजारमा यसअघि उपलब्ध २०२१ मोडलको सिआरभीलाई कम्पनीले १ करोड ५६ लाख रुपैयाँमा बिक्री गर्दै आइरहेको थियो । अब आउने २०२२ मोडलको मूल्य समेत सोही रकम तोकेर बुकिङ लिइरहेको स्याकर ट्रेडिङ स्रोतले बताएको छ ।

त्यसैगरी उक्त रिकिन्डसन हाउसमा उपलब्ध अर्को एमपिभी किया कार्निभल २०१७ मोडलको गाडी हो । २२ सय सिसी क्षमताको डिजेल इन्जिन जडान गरिएको यो गाडी कार्निभलको फुल अप्सन रहेको बताइएको छ । जुन हालसम्म ४१ हजार किलोमिटर गुडेको छ । यो गाडी समेत यसअघि दुई जना ग्राहकको नाममा नामसारी भैसकेको छ ।

जसको मूल्य ५८ लाख रुपैयाँ तोकिएको छ । नेपाली बजारमा उपलब्ध यसको २०१९ मोडललाई कम्पनीले यसअघि ८१ लाख ९० हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो । २०१९ पछि यसको कुनैपनि नयाँ मोडल आयत भएको छैन ।

सम्बन्धित समाचारहरू

भोलीदेखी किया र टोयोटाका गाडी महंगो हुने, नेपाली बजारमा समेत प्रभाब पर्ने

भोलीदेखी किया र टोयोटाका गाडी महंगो हुने, नेपाली बजारमा समेत प्रभाब पर्ने

भारतका दुई ठूला अटो उत्पादक किया र टोयोटाले अप्रिल १ देखी गाडीको मूल्य...

किया सेल्टोस अझ राम्रो बन्दै, लन्च हुनुभन्दा अगाडि परीक्षणको क्रममा देखियो

किया सेल्टोस अझ राम्रो बन्दै, लन्च हुनुभन्दा अगाडि परीक्षणको क्रममा देखियो

कियाले चाँडै नै नयाँ पुस्ताको किया सेल्टोस लन्च गर्ने तयारी गरिरहेको छ ।...

कियाको लोकप्रिय कार सेल्टोस अब प्यानोरामिक सनरुफ सहित आउने

कियाको लोकप्रिय कार सेल्टोस अब प्यानोरामिक सनरुफ सहित आउने

दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले सेल्टोसको फेसलिफ्ट भर्सनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...