यस्तो छ किया सिरोस बेस भेरिएन्टको फिचर र इन्जिन
कियाले सब फोर मिटर कम्प्याक्ट एसयूभीको रूपमा कियाको सबैभन्दा नयाँ गाडी...
होन्डाको निकै नै रुचाइएको एसयुभी सिआरभी र कियाको एमपीभी कार्निभल अहिले नेपालको शोरुमा उपलब्ध छैनन् । जसका कारण ब्रान्ड न्यू यी गाडी खरिद गर्न चाहने ग्राहकले अहिले यी दुबै गाडी चाहेर पनि खरिद गर्न सक्ने अबस्था देखिदैन । होन्डा गाडीको नेपालका लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले नयाँ सिआरभी हात पार्न ग्राहकले कम्तीमा पनि ३ महिना कुर्नुपर्ने बताएको छ भने कियाको बिक्रेता कन्टिनेन्टल एसोसियटले २०१९ पछि कार्निभलको आयत नै बन्द गरेको छ ।
यस्तो अबस्थामा यी दुई गाडी प्रयोग गर्न चाहने ग्राहकले तत्कालका लागि सेकेन्ड ह्यान्ड गाडी किन्नुको अर्को बिकल्प देखिदैन । ललितपुरको ज्वागलस्थित याला ड्रिम मोटर्समा यी दुई गाडी बिक्रीका लागि राखिएको छ ।
उक्त रिकन्डिसन हाउसमा बिक्रीका लागि उपलब्ध गराइएको सिआरभी २०१५ मोडलको हो । २ हजार सिसी क्षमतको पेट्रोल इन्जिन जडान गरिएको यो एसयुभीमा अटोमेटिक ट्रान्समिसन दिइएको छ । यसअघि २ जना ग्राहकको नाममा नामसारी भैसकेको यो गाडी जम्मा ३० हजार किलोमिटर गुडेको छ ।
जसको मूल्य ७३ लाख रुपैयाँ पर्ने बताइएको छ । नेपाली बजारमा यसअघि उपलब्ध २०२१ मोडलको सिआरभीलाई कम्पनीले १ करोड ५६ लाख रुपैयाँमा बिक्री गर्दै आइरहेको थियो । अब आउने २०२२ मोडलको मूल्य समेत सोही रकम तोकेर बुकिङ लिइरहेको स्याकर ट्रेडिङ स्रोतले बताएको छ ।
त्यसैगरी उक्त रिकिन्डसन हाउसमा उपलब्ध अर्को एमपिभी किया कार्निभल २०१७ मोडलको गाडी हो । २२ सय सिसी क्षमताको डिजेल इन्जिन जडान गरिएको यो गाडी कार्निभलको फुल अप्सन रहेको बताइएको छ । जुन हालसम्म ४१ हजार किलोमिटर गुडेको छ । यो गाडी समेत यसअघि दुई जना ग्राहकको नाममा नामसारी भैसकेको छ ।
जसको मूल्य ५८ लाख रुपैयाँ तोकिएको छ । नेपाली बजारमा उपलब्ध यसको २०१९ मोडललाई कम्पनीले यसअघि ८१ लाख ९० हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो । २०१९ पछि यसको कुनैपनि नयाँ मोडल आयत भएको छैन ।
कियाले सब फोर मिटर कम्प्याक्ट एसयूभीको रूपमा कियाको सबैभन्दा नयाँ गाडी...
कोरियन अटो निर्माता कियाले आफ्नो वहुप्रतिक्षित इलेक्ट्रिक एसयुभी ईभी-५...
भारतमा प्लान्ट स्थापना गरेर सवारीसाधन उत्पादन थालेको कोरियाली ब्रान्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...