नेपाली बजारमा भित्रियो पाँचौ पुस्ताको नयाँ होन्डा सिटी

काठमाडौं – होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डा सिटीको ५ औं जेनरेसनलाई नेपाली बजारमा भित्र्याएको छ ।

होण्डा सिटी पहिलो पटक लन्च भएदेखि यसले सेडान कारहरुको बजारमा आफ्नो पृथक पहिचान बनाएको छ । आकर्षक डिजाइन भएकोे होन्डा सिटीको यस जेनरेसनको लम्बाई र चौडाई अघिल्लो जेनरेसन भन्दा बढी रहेको छ ।

होन्डा सोलिड विङ फेस डिजाइनमा आधारित सो होन्डा सिटीमा वान टच इलेक्ट्रिक सनरुफ, शार्क फिन एन्टेना, फुल एलईडी हेडल्याम्पका साथै ९ एरे इनलाइन शेल इनटिग्रेटेड एलईडी डीआरएल जस्ता विशेषता छन् ।

त्यसैगरी एल आकोकारे एलईडी टर्न इन्डिकेटर, जेड आकारको थ्रीडी -याप एराउन्ड युनिफर्म एलईडी साइड मार्क लाइट जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् ।

यसका साथै होन्डा सिटीले पहिलो पटक यस सेग्मेन्टमा एलेक्सा भ्वाइस सर्भिस मार्फत कार उपभोक्ताहरुलाई सामाजिक र डिजिटल संसारसँग जोड्ने छ । उत्कृष्ट माइलेज रहेको होण्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनमा १८.४ किमी र ६ स्पिड म्यानुअल ट्रान्समिसनमा १७.८ किमी प्रति लिटरको माइलेज प्राप्त हुने बताइएको छ ।

यस सेग्मेन्टमा लेन वाच क्यामेरा भएको होन्डा सिटी पहिलो सेडान हो जसले गर्दा सहज तरिकाले पार्किङ गर्न सकिन्छ । आई–एसआरएसयुक्त ६ एयरब्याग रहेको यो कार आफ्नो सेग्मेन्टको सबै भन्दा सुरक्षित कार भएको कम्पनीको भनाइ छ ।

होन्डा सिटीको दुई भेरिएन्ट होन्डा भीएक्स सीभीटी र जेडएक्स सीभीटी लन्च गरिएको छ । नेपाली बजारमा यी दुई भेरिएन्टको मूल्य क्रमशः ६५ लाख ९० हजार र ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...