ट्राफिक प्रहरीले बुझायो निषेधाज्ञामा भेटिएका ३३ मोटरसाइकल : चोरको आँखामा पल्सर
काठमाडौं – उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण...
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले भारतीय बजारमा ३५० सीसी सेगमेन्टलाई लक्षित गर्दै सीबी३५०सी स्पेसल एडिसन नामक नयाँ मोटरसाइकल लन्च गरेको छ। सो बाइकले रोयल इन्फिल्ड क्लासिक ३५०, बुलेट र जावा-येज्दीका लोकप्रिय मोडलसँग प्रतिस्पर्धा गर्नेछ । सो बाइक अक्टोबरको पहिलो सातादेखि बिक्रीमा आउनेछ।
नयाँ सीबी३५०सी स्पेसल एडिसनमा क्लासिक डिजाइनसँगै आधुनिक फिचर समावेश छ । यसमा विशेष संस्करणको स्टिकर र नयाँ ग्राफिक्स दिइएको छ । यसको इन्धन ट्याङ्की, फ्रन्ट र रियरको फेन्डरमा गरिएको ग्राफिक्सले यसलाई बोल्ड र प्रिमियम लुक प्रदान गरेको छ । पछाडिको ग्र्याब रेललाई क्रोम फिनिश दिइएको छ ।
होन्डा सीबी३५०सी स्पेशल एडिसनमा डिजिटल एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर छ, जसमा होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम पनि जोडिएको छ। बाइकमा असिस्ट र स्लिपर क्लच, होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल सिस्टम र ड्युअल च्यानल एबीएस जस्ता सेफ्टी फिचर दिइएको छ ।
यसमा ३४८.३६ सीसी, एयर-कुल्ड, ४-स्ट्रोक, सिंगल-सिलिन्डर इन्जिन राखिएको छ । सो इन्जिनले ५,५०० आरपीएममा २१ बीएचपीको पावर र ३,००० आरपीएममा २९.५ एनएमको टर्क उत्पादन गर्छ। यसमा ५ स्पिड गियरबक्स प्रयोग गरिएको छ।
काठमाडौं – उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण...
विश्व अटो उद्योग अहिले एक ऐतिहासिक मोडमा पुगेको छ । दशकौँदेखि चीन र...
होन्डाले भारतमा उत्पादन गरेको एसयभुी एलिभेटलाई जापानमा निर्यात गर्न सुरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...