होन्डाले ल्याउदै छ ट्विन सिरिजको होन्डा सीबी५००एक्स एड्भेन्चर बाइक

होन्डाले नयाँ एड्भेन्चर बाइकको रुपमा सीबी५००एक्स ल्याउने योजना बनाइरहेको छ । रिपोर्टका अनुसार सो बाइक अप्रिल महिना नै लन्च हुनेछ । होन्डाले अन्तर्राष्ट्रिय बजारमा २०१३ देखि ५०० ट्वीन सिरिज बिक्री गरिरहेको छ । स्ट्रेट ट्विन इन्जिन भएको सीबी५००एफ नेकेड स्ट्रिटफाइटर, सीबी५००आर फेयर्ड बाइक, सीबी५००एक्स डुअल पर्पज एड्भेन्चर टुरर र सीएमएफ५०० रेबेल बाबर पनि यहि रेन्जको हिस्सा हो । कम्पनीले हालै सीबी३५० लन्च गरी सीबी सिरिजमा प्रवेश गरेको छ । जसको प्रतिस्पर्धा इन्ट्रि लेवल रोयल इन्फिल्डसँग हुने गर्छ । कम्पनीले हालै सीबी सिरिजमा आरएस स्क्रयाम्बलरसँग जोडिएको छ र अब कम्पनीको लाइनअपमा सीबी५००एक्ससँग जोड्ने योजना बनाइरहेको छ । भारतमा एड्भेन्चर बाइक निकै लोकप्रिय रहेको छ । केही वर्षमा नै हिरो एक्सपल्स २००, रोयल इन्फिल्ड हिमालयन र केटीएम २५० एड्भेन्चरको साथै केटीएम ३९० एड्भेन्चरले सो सेगमेन्टमा प्रवेश गरेको थियो । होन्डाले पनि सोही सेगमेन्टमा सीबी५००एक्सको साथमा प्रवेश गर्ने भएको छ । नेपाली बजारमा पनि यस्ता बाइक केही मात्रामा बिक्री हुने गरेका छन् । होन्डा सीबी५००एक्स सर्वश्रेष्ठ एड्भेन्चर टुरर्स बाइकमध्ये एक हो । सो बाइक कावासाकी भर्सेस ६५०सँग प्रतिस्पर्धा गर्छ । जसको मूल्य ६ लाख ९४ हजार भारु रहेको छ । भारतमा होन्डा सीबी५००एक्सको प्रतिस्पर्धी केटीएम३९० एड्भेन्चर रहेको छ । जसको मूल्य मूल्य ३ लाख १० हजार भारु रहेको छ । होन्डा सीबी५०० एक्सको सम्भावित मूल्य ५ लाख ७५ हजार देखि ६ लाख भारु हुनेछ । सीबी५००एक्समा ४७१ सीसीको प्यारेलल ट्विन फ्युल इन्जेक्टेड डिओएचसी इन्जिन रहेको छ । जसले ८६०० आरपीएममा ४७ पीएसको पावर र ६५०० आरपीएममा ४३ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड ट्रान्समिसन, स्लिपर र असिस्ट क्लचको साथमा उपलब्ध रहेको छ । सो बाइकमा अल एलईडी लाइट, अल डिजिटल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर सहित अन्य फिचर समावेश गरिएको छ । सस्पेन्सनको लागि सो बाइकमा प्रिलोड एडजस्टेबल ४१ एमएम टेलिस्कोपिक फ्रन्ट फोर्क्स र प्रोलिङ मोनोसक रियर सस्पेन्सन रहेको छ । यसमा ३२० एमएम फ्रन्ट डिस्क र २३० एमएम रियर डिस्क ड्युअल च्यानल एबीएस सिस्टम ब्रेक रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...