भारतमा एक महिनामा १० हजार बढी बिक्री हुने होन्डा कार नेपालमा गुमनाम

अटोमोबाइल उद्योगमा होन्डा एक चर्चित एबं लोकप्रिय ब्रान्ड हो । होन्डाका मोटरसाइकल र कार विश्व बजारमा लोकप्रिय मानिन्छन् । होन्डाले भारतमा टु ह्विलर र फोर ह्विलरको समेत प्लान्ट लगाएपछि त झन् एसियाली मुलकहरुमा यो ब्रान्डको लोकप्रियता ह्वात्तै चुलिएको छ ।

विश्व बजारमा होन्डालाई मोटरसाइकलले भन्दापनि कारले नै बढी चिनाएको छ । होन्डाका प्रिमियम रेन्जका कारहरु अमेरिकादेखि युरोपसम्म लोकप्रिय छन् । यसको सिटी, सिभिक, अकोर्ड र सीआरभी मोडलका कारहरु विकसित राष्ट्रहरुमा उल्लेख्य संख्यामा बिक्री हुने मोडल मध्येमा पर्छन् । होन्डा सिभिक, सीआरभी र अकोर्ड त झन् अमेरिकामा बिक्री हुने टप १० कारको सूचीमा समेत पर्छन् ।

अमेरिका र युरोपमा पाएको सफलताबाट उत्साहित होन्डाले एसियाली बजारमा समेत बजार विस्तार गर्न भारतमा प्लान्ट स्थापना गरी कम मूल्यका कारहरु उत्पादन गर्दै आइरहेको छ । हाल भारतमा सिटी, अमेज, सिभिक, ज्याज, डब्लुआरभी र सीआरभी मोडलका कारहरु उत्पादन हुन्छन् । अमेरिका र युरोपेली बजारमा जस्तो सफलता हासिल नगरेपनि होन्डाले भारतमा विस्तारै बजार हिस्सा भने बढाउँदै लगेको छ ।

हाल भारतमा मासिक १० हजार बढी होन्डा कार बिक्री हुन्छन् । यसै बर्षको अक्टोबर महिनामा होन्डाले भारतमा १० हजार ८ सय ३६ थान कार बिक्री ग¥यो । जुन अघिल्लो बर्षको सोही महिनामा बिक्री भएको १० हजार १० थानको तुलामा ८ दशमलव २५ प्रतिशतले बढी हो । भारतमा होन्डाको बिक्री टोयोटा र रेनोको हाराहारीमा रहेको देखिन्छ । तर नेपालमा पछिल्लो समय मासिक ५ थान गाडी समेत बिक्री हुन सकिरहेको छैन ।

नेपाली बजारको अवस्था के ?
नेपालमा होन्डा कारको इतिहास निकै लामो छ । आजभन्दा ३ दशकअघि नेपाल भित्रिएको यो ब्रान्डले सुरुवाती समयमा राम्रै चर्चा समेत बटुलेको थियो । तत्कालीन समयमा जापानबाटै यी कार आयात हुन्थे । अहिलेपनि विदेशी कुटनीतिक नियोग र उच्च बर्गका नेपालीहरुले होन्डा कार प्रयोग गर्दै आइरहेका छन् । होन्डा बलियो तथा मजवुत इन्जिन र उच्चतम पर्फमेन्सका कारण लोकप्रिय छ ।

होन्डा मोटरसाइकलको समेत कारोबार गर्दै आइरहेको ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले नेपालमा यसको बिक्री–वितरण गर्दै आइरहेको छ । होन्डा मोटरसाइकलको कारोबारमा सफल देखिएको यो कम्पनी सोही ब्रान्डको कारको बिक्री–वितरणमा भने सफल हुन सकिरहेको छैन । भारतीय बजारमा उत्पादन शुरु गर्दाको समयमा केही चलमलाएको यो कम्पनीले पछिल्लो समय कारको बिक्रीमा पर्याप्त ध्यान दिन सकिरहेको छैन ।

होन्डा मोटरसाइकलको लोकप्रियताले सोही ब्रान्डको कारको बिक्रीमा समेत सकारात्मक प्रभाव पार्नुपर्ने हो तर नेपालमा भने ठिक उल्टो भएको छ । अर्थात भनौ मोटरसाइकलको लोकप्रियताले कारको ब्रान्ड इमेज नै ओझेलमा परेको छ । जसको परिणाम नेपालमा होन्डा कार पनि उपलव्ध छ र भन्ने स्थिति सिर्जना भएको छ ।

मोटरसाइकलको बिक्री बढ्दै गएपछि कम्पनीले कारमा यथोचित ध्यान दिन नसकेका कारण होन्डा कार ओझेलमा परेको हो भन्दा फरक नपर्ला । भारतमा एकपछि अर्को सफलता प्राप्त गरिरहेकोे यो ब्रान्ड नेपालमा भने गुमनामको स्थितिमा पुग्नुले यो कुरालाई थप पुष्टि गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...