हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न होन्डाले ल्याउदै नयाँ एसयूभी
होन्डाले फेस्टिभ सिजनमा नयाँ मिड साइज एसयूभी लन्च गर्नेछ । यसलाई नयाँ...
जापानी कार निर्माता कम्पनी होन्डा र निसानले मर्जरका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यी कम्पनीहरुबीच २३ डिसेम्बरमा पहिलो चरणको वार्ता भएको थियो ।
होन्डा र निसानको यो मर्जर आगामी वर्षको जुनसम्ममा टुंगिनेछ । यस सम्झौताबाट यी कम्पनीले एक होल्डिङ कम्पनी बनाउनेछन्, जसमा दुवैको समान हिस्सा हुनेछ । नयाँ होल्डिङ कम्पनी टोकियो स्टक एक्सचेन्जमा अगस्त २०२६ सम्म सूचीबद्ध हुनेछ । यो बाहेक दुबैले आ-आफ्नो ब्रान्डलाई अगाडि बढाउन पनि काम गर्नेछन् ।
चीन र अमेरिकी बजारमा होन्डा र निसानको बिक्री र नाफामा गिरावटका कारण यी दुई कम्पनीले आफ्नो प्रोडक्शन कटौती गर्नुपरेको छ । केही समयदेखि कम्पनीको नाफा पनि करिब ७० प्रतिशतले घटेको छ । यही कारण यी दुवै कम्पनीले साझेदारी गर्नुपरेको हुन सक्ने अनुमान गरिएको छ ।
यो सम्झौतासँगै जापानको अटो उद्योगमा होन्डा, निसान र मित्सुबिसीद्वारा नियन्त्रित होल्डिङ कम्पनी र टोयोटा समूहका कम्पनीहरू मिलेर बनेको समूहले काम गर्नेछ । निसानले हाल फ्रान्सको रेनो एसएसँगको सम्बन्ध घटाएको छ र होन्डा जनरल मोटर कम्पनीबाट पछि हटेको छ। यो सम्झौता पछि होन्डा र निसान संयुक्त रुपमा इलेक्ट्रिक भेहिकल ब्याट्री र सफ्टवेयरमा सँगै काम गर्न सहमत भएका छन् ।
डिसेम्बर २३ मा होन्डा मोटरको सेयर ३.८२ प्रतिशतले बढेको छ । कम्पनीको शेयर ४७ येन बढेर १२७६ येनमा पुगेको छ । होन्डाको हालको मार्केट लगानी ६ खर्ब ७४ अर्ब रहेको छ। यो सँगै निसानको शेयर पनि १.५८ प्रतिशतले बढेको छ । कम्पनीको शेयर ७ येन बढेर ४५० येनमा पुगेको छ । कम्पनीको हालको मार्केट लगानी १ खर्ब ६७ अर्ब रहेको छ ।
होन्डाले फेस्टिभ सिजनमा नयाँ मिड साइज एसयूभी लन्च गर्नेछ । यसलाई नयाँ...
होन्डाले आफ्नो ३५० सिसी मोटरसाइकल सिवी हाइनेस र सिवी आरएसलाई नयाँ कलर...
जापानका दुई ठूला अटो ब्रान्ड निशान र होन्डा मर्जरको तयारीमा छन् । विशेषगरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...