होन्डा र निसान जुनमा मर्ज हुने र संयुक्त रुपमा होल्डिङ कम्पनी बनाउने

जापानी कार निर्माता कम्पनी होन्डा र निसानले मर्जरका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यी कम्पनीहरुबीच २३ डिसेम्बरमा पहिलो चरणको वार्ता भएको थियो ।

होन्डा र निसानको यो मर्जर आगामी वर्षको जुनसम्ममा टुंगिनेछ । यस सम्झौताबाट यी कम्पनीले एक होल्डिङ कम्पनी बनाउनेछन्, जसमा दुवैको समान हिस्सा हुनेछ । नयाँ होल्डिङ कम्पनी टोकियो स्टक एक्सचेन्जमा अगस्त २०२६ सम्म सूचीबद्ध हुनेछ । यो बाहेक दुबैले आ-आफ्नो ब्रान्डलाई अगाडि बढाउन पनि काम गर्नेछन् ।

चीन र अमेरिकी बजारमा होन्डा र निसानको बिक्री र नाफामा गिरावटका कारण यी दुई कम्पनीले आफ्नो प्रोडक्शन कटौती गर्नुपरेको छ । केही समयदेखि कम्पनीको नाफा पनि करिब ७० प्रतिशतले घटेको छ । यही कारण यी दुवै कम्पनीले साझेदारी गर्नुपरेको हुन सक्ने अनुमान गरिएको छ ।

यो सम्झौतासँगै जापानको अटो उद्योगमा होन्डा, निसान र मित्सुबिसीद्वारा नियन्त्रित होल्डिङ कम्पनी र टोयोटा समूहका कम्पनीहरू मिलेर बनेको समूहले काम गर्नेछ । निसानले हाल फ्रान्सको रेनो एसएसँगको सम्बन्ध घटाएको छ र होन्डा जनरल मोटर कम्पनीबाट पछि हटेको छ। यो सम्झौता पछि होन्डा र निसान संयुक्त रुपमा इलेक्ट्रिक भेहिकल ब्याट्री र सफ्टवेयरमा सँगै काम गर्न सहमत भएका छन् ।

डिसेम्बर २३ मा होन्डा मोटरको सेयर ३.८२ प्रतिशतले बढेको छ । कम्पनीको शेयर ४७ येन बढेर १२७६ येनमा पुगेको छ । होन्डाको हालको मार्केट लगानी ६ खर्ब ७४ अर्ब रहेको छ। यो सँगै निसानको शेयर पनि १.५८ प्रतिशतले बढेको छ । कम्पनीको शेयर ७ येन बढेर ४५० येनमा पुगेको छ । कम्पनीको हालको मार्केट लगानी १ खर्ब ६७ अर्ब रहेको छ ।

सम्बन्धित समाचारहरू

ज्योति भन्छन् – यस्ता फरक विशेषताका अगाडि होन्डा हाइनेस सीबी ३५० को मूल्य महंगो होइन

ज्योति भन्छन् – यस्ता फरक विशेषताका अगाडि होन्डा हाइनेस सीबी ३५० को मूल्य महंगो होइन

नेपालमा बिक्रीका लागि उपलब्ध होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० को...

‘लेफ्ट–ह्यान्ड–ड्राइभ’ बजारमा निसान म्याग्नाइटको निर्यात सुरु

‘लेफ्ट–ह्यान्ड–ड्राइभ’ बजारमा निसान म्याग्नाइटको निर्यात सुरु

निसानले लेफ्ट ह्यान्ड ड्राइभ बजारमा मेड–इन–इन्डिया म्याग्नाइट निर्यात...

भारतमा बिक्री बन्द भएको होन्डा नाभी निर्यातमा उत्कृष्ट

भारतमा बिक्री बन्द भएको होन्डा नाभी निर्यातमा उत्कृष्ट

होन्डाले भारतमै डिजाइन गरेर उत्पादन गरको अनौठो बाइक नाभी निर्यातमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...