होन्डा र निसान मर्जर प्रक्रिया पुरा, मित्सुबिशी अझै अन्योलमा

होन्डा र निसान गठबन्ध प्रक्रिया पुरा भएको छ । यी दुई कम्पनीले एक महिनाअघि नयाँ होल्डिङ कम्पनी गठन गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । प्रारम्भमा मित्सुबिशी पनि सो गठबन्धमा सामेल हुने समाचार आए तापनि हालको लागि सो गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ ।

रिपोर्टका अनुसार होन्डा र निसानको मर्जरबाट बनेको कम्पनी सबैभन्दा ठुलो कार कम्पनी बन्नेछ । जापानी कार निर्माता कम्पनी मित्सुबिशीले होन्डा र निसानसँगै नयाँ बनेको होल्डिङ कम्पनीमा आबद्ध हुने विचार गरेको थियो । तर हालै प्रकाशित रिपोर्ट अनुसार मित्सुबिशीले एक विज्ञप्ति जारी गरी यसको गठबन्धनको बारेमा न त पुष्टि गरेको छ न त खण्डन गरेको छ।

निसान मित्सुबिशीको २४ प्रतिशत सेयरको सबैभन्दा ठुलो सेयरहोल्डर हो। फ्रान्सेली अटोमेकर कम्पनी रेनोको निसानमा १५ प्रतिशत सेयर छ भने निसानको पनि रेनोको १५ प्रतिशत सेयर छ । मिडिया रिपोर्टका अनुसार होन्डा कम्पनीले रेनो र  निसानको साझेदारी नहोस् भन्ने चाहन्छ ।

मित्सुबिशीले अब अर्को महिनाको होन्डा र निसानको साझेदारीमा सामेल हुने वा नहुने बारे आफ्नो निर्णय घोषणा गर्नेछ ।

सम्बन्धित समाचारहरू

होन्डा र निसान जुनमा मर्ज हुने र संयुक्त रुपमा होल्डिङ कम्पनी बनाउने

होन्डा र निसान जुनमा मर्ज हुने र संयुक्त रुपमा होल्डिङ कम्पनी बनाउने

जापानी कार निर्माता कम्पनी होन्डा र निसानले मर्जरका लागि सम्झौता पत्रमा...

होन्डाको मोटरसाइकल र स्कुटर किन्दा हरेक हप्ता १ लाखसम्म पाइने

होन्डाको मोटरसाइकल र स्कुटर किन्दा हरेक हप्ता १ लाखसम्म पाइने

काठमाडौं – मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हाेन्डाले फेस्टिभ अफर...

अर्को वर्षदेखि अल्टो८०० र हुन्डाई आई२० जस्ता १७ कार किन्न नपाइने

अर्को वर्षदेखि अल्टो८०० र हुन्डाई आई२० जस्ता १७ कार किन्न नपाइने

भारतमा रियल ड्राइभिङ इमिसन (आरडीई) नर्म्स उत्सर्जन नियम लागू हुने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...