भारतमा बिक्री बन्द भएको होन्डा नाभी निर्यातमा उत्कृष्ट
होन्डाले भारतमै डिजाइन गरेर उत्पादन गरको अनौठो बाइक नाभी निर्यातमा...
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले टेकुस्थित होन्डा विग विंग सोरुममा थप २ नयाँ मोडलका बिग बाइक उपलब्ध गराएको छ । हालसालै नेपाल भित्रिएका सीआरएफ ३००एल र ३००एल ¥याली समेत थप भएपछि नेपालमा होन्डाको बिग बाइक संख्या ८ पुगेको छ ।
कम्पनीले १५० सिसी क्षमताको अफरोड बाइक एक्सआर १५० देखी सुपर स्पोर्ट बाइक सिबिआर ६०० आरआर सम्मका ८ वटा मोडललाई समेटेर बिग बाइकका रुपमा बजार प्रबद्र्धन गर्दै आइरहेको छ ।
होन्डाको बिग बाइकमा सामेल सबैभन्दा सस्तो मोडलका रुपमा एक्सआर १५० एल रहेको छ । यो बाइकको मूल्य ६ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । एक्सआर १५० पछि दोस्रो सस्तो बिग बाइकका रुपमा एक्सआर १९० एल रहेको छ । यो बाइकको मूल्य यसअघि ६ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएपनि हाल स्टकमा उपलब्ध नरहेको कम्पनी स्रोतले बताएको छ । नयाँ लट आएपछि यसको मूल्य समेत बढेर आउने उक्त स्रोतको भनाई छ ।
त्यसैगरी सिबिआर २५० आरको मूल्य ६ लाख ७९ हजार र यसैमा एबिएस समेत उपलब्ध भएको मोडललाई भने ७ लाख ९३ हजार रुपैयाँ पर्ने बताइएको छ ।
केही समय अघिमात्र नेपाल भित्रिएको क्रुजर बाइक हाइनेस सिबी ३५० र रेट्रो क्लासिक लुक्सको सिबी ३५० आरएस मोडल समेत अहिले चर्चित बनिरहेका छन । यी बाइकको मूल्य क्रमश ७ लाख ७५ हजार र ७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
नयाँ भित्रिएका सीआरएफ ३००एल र ३००एल -याली मोटरसाइकलको मूल्य क्रमशः १७ लाख ५० हजार र १९ लाख ५० हजार रुपैयाँ तोकिएको छ । सबैभन्दा महंगो सुपर स्पोर्टस बाइक सिबिआर ६०० आरआरको मूल्य ३४ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
होन्डाले भारतमै डिजाइन गरेर उत्पादन गरको अनौठो बाइक नाभी निर्यातमा...
चाडपर्ब नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम तथा...
होन्डाले आफ्नो ३५० सिसी मोटरसाइकल सिवी हाइनेस र सिवी आरएसलाई नयाँ कलर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...