होन्डाले थप्यो २ नयाँ बिग बाइक, अब नेपालमा ८ वटा मोडल उपलब्ध

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले टेकुस्थित होन्डा विग विंग सोरुममा थप २ नयाँ मोडलका बिग बाइक उपलब्ध गराएको छ । हालसालै नेपाल भित्रिएका सीआरएफ ३००एल र ३००एल ¥याली समेत थप भएपछि नेपालमा होन्डाको बिग बाइक संख्या ८ पुगेको छ ।

कम्पनीले १५० सिसी क्षमताको अफरोड बाइक एक्सआर १५० देखी सुपर स्पोर्ट बाइक सिबिआर ६०० आरआर सम्मका ८ वटा मोडललाई समेटेर बिग बाइकका रुपमा बजार प्रबद्र्धन गर्दै आइरहेको छ ।

होन्डाको बिग बाइकमा सामेल सबैभन्दा सस्तो मोडलका रुपमा एक्सआर १५० एल रहेको छ । यो बाइकको मूल्य ६ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । एक्सआर १५० पछि दोस्रो सस्तो बिग बाइकका रुपमा एक्सआर १९० एल रहेको छ । यो बाइकको मूल्य यसअघि ६ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएपनि हाल स्टकमा उपलब्ध नरहेको कम्पनी स्रोतले बताएको छ । नयाँ लट आएपछि यसको मूल्य समेत बढेर आउने उक्त स्रोतको भनाई छ ।

त्यसैगरी सिबिआर २५० आरको मूल्य ६ लाख ७९ हजार र यसैमा एबिएस समेत उपलब्ध भएको मोडललाई भने ७ लाख ९३ हजार रुपैयाँ पर्ने बताइएको छ ।

केही समय अघिमात्र नेपाल भित्रिएको क्रुजर बाइक हाइनेस सिबी ३५० र रेट्रो क्लासिक लुक्सको सिबी ३५० आरएस मोडल समेत अहिले चर्चित बनिरहेका छन । यी बाइकको मूल्य क्रमश ७ लाख ७५ हजार र ७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नयाँ भित्रिएका सीआरएफ ३००एल र ३००एल -याली मोटरसाइकलको मूल्य क्रमशः १७ लाख ५० हजार र १९ लाख ५० हजार रुपैयाँ तोकिएको छ । सबैभन्दा महंगो सुपर स्पोर्टस बाइक सिबिआर ६०० आरआरको मूल्य ३४ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

सुपर बाइक अनुभव : बाइकको ट्यांकीमा चाबी भएको होन्डा हर्नेट २.०

सुपर बाइक अनुभव : बाइकको ट्यांकीमा चाबी भएको होन्डा हर्नेट २.०

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका बाइकहरु मध्ये होन्डा...

२०६८ मा १ लाख ४६ हजार : २०७९ मा २ लाख २८ हजार

२०६८ मा १ लाख ४६ हजार : २०७९ मा २ लाख २८ हजार

नेपाली बजारमा लोकप्रिय मानिने होन्डाको स्कुटर ‘डियो’ को मूल्य करिब ११...

होन्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३ सम्पन्न, टेक्निसियनहरु पुरस्कृत

होन्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३ सम्पन्न, टेक्निसियनहरु पुरस्कृत

काठमाडौं – होन्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सीप र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...