होन्डा एक्टिभाले पुरा ग-यो २० वर्ष, आयो एनिभर्सरी स्पेसल एडिसन

होन्डाको लोकप्रिय र सबैभन्दा बढी बिक्री हुने स्कुटर एक्टिभाले भारतमा लन्च भएको २० वर्ष पुरा गरेको छ । कम्पनीले सो उत्सव मनाउनका लागि स्पेसल बिसौं वार्षिकोत्सव संस्करण एक्टिभा ६जी लन्च गरेको छ । कम्पनीका अनुसार एक्टिभाका भारतमा मात्र २ करोड ग्राहक छन् ।

एक्टिभाको सो एनिभर्सरी एडिसन दुई भेरिएन्ट स्ट्यान्डर्ड र डिलक्समा सार्वजनिक गरिएको छ ।

एनिभर्सरी एडिसनमा नयाँ मेट मेच्योर ब्राउन कलरमा सार्वजनिक गरिएको छ । यो रेगुलर एक्टिभा भन्दा धेरै आकर्षक छ । यसमा बिसौं एनिभर्सरी लोगो र एक स्पेसल गोल्डन एक्टिभा लोगो छ । यो ाहेक यसमा ब्ल्याक स्टिल ह्विल पनि दिइएको छ ।

नयाँ भेरिएन्टको स्पेसिफिकेसनमा भने कुनै परिवर्तन गरिएको छैन । होन्डा एक्टिभामा बीएस६ कम्प्लायन्ट १०९ सीसीको इन्जिन समावेश गरिएको छ । सो स्कुटरको इन्जिनले ८००० आरपीएममा ७.६८ बीएचपीको पावर र ५२५० आरपीएममा ८.७९ एनएम पिक टर्क जेनेरेट गर्छ ।

कम्पनीका प्रबन्ध निर्देशक आत्सुशी ओगाताका अनुसार होन्डाले भारतीय सपनाको तागत सम्झेर पहिलो मोडलको रुपमा एक्टिभा सार्वजनिक गरेको थियो । त्यसपछि नयाँ पुस्तालाई सम्झेर होन्डाले जहिले पनि ग्लोबल टेक्नोलोजी एक्टिभामा समेत प्रस्तुत गर्दै आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...