होन्डा अकोर्ड अपडेट भर्सन सहित अब ११औं जेनेरेसनमा

होन्डाले आफ्नो लक्जरी सेडान अकोर्डको ११औं जेनेरेसन अपडेट भर्सनमा लन्च गरेको छ । अपडेटपछि नयाँ अकोर्ड पहिला भन्दा स्पोर्टियर र शानदार देखिएको छ । कारमा ब्ल्याक आउट एलईडी हेडल्याम्प, होरिजोन्टल टेललाइट, ड्युअल कलर अलोय ह्विल र इन्टिग्रेटेड स्पोइलर जस्ता फिचर समावेश गरिएको छ ।

होन्डाले नयाँ अकोर्डको इन्टेरियर डिजाइन लक्जरीको झझल्को दिने कोशिश गरेको छ । कारमा ग्रे लेदरको प्रयोग गरिएको छ । यसको साथै कारमा बडी स्टेबलाइजिङ सिट, १२ स्पिकर सहित बोसको प्रिमियम साउन्ड सिस्टम, बडी टचस्क्रिन भएको इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल एमआईडी, स्टेयरिङ कन्ट्रोल्स, मेमोरी किट जस्ता फिचर दिइएको छ ।

सो कारमा कम्पनीले सबैभन्दा ठूलो अपडेट इन्जिनमा गरेको छ । सो कारमा कम्पनीले २ पेट्रोल र ४ हाइब्रिड इन्जिनको विकल्प समावेश गरेको छ । सो कारमा १८९ बीएचपीको पावर र २६० एनएमको टर्क जेनेरेट गर्ने १.५ लिटर टर्बाेचाज्र्ड फोर सिलिन्डर इन्जिन समावेश गरिएको छ ।

कारको इन्जिन सीभीटी प्रविधिको साथमा पेश गरिएको छ । कारमा हाइब्रिड इन्जिनको विकल्प पनि दिइएको छ । जसमा २ मोटर भएको २.० लिटरको एटकिंसन साइकिल इनलाइन फोर सिलिन्डर इन्जिन रहेको छ । सो इन्जिनले २०१ बीएचपीको पावर र ३३५ एनएमको टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

बजेट असर : होन्डा सीबी सिरिजको बाइकमा एकै पटक बढ्यो १ लाख मूल्य

बजेट असर : होन्डा सीबी सिरिजको बाइकमा एकै पटक बढ्यो १ लाख मूल्य

काठमाडौं – नेपाली बजारमा होन्डा मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण...

बाइकमा क्लचको झन्झटबाट छुटकारा, होन्डाले ल्याउँदै छ अटोमेटिक ई-क्लचयुक्त बाइक

बाइकमा क्लचको झन्झटबाट छुटकारा, होन्डाले ल्याउँदै छ अटोमेटिक ई-क्लचयुक्त बाइक

बाइक चलाउँदा बारम्बार गियर परिवर्तन गर्नुपर्ने हुन्छ । बाइकको स्पिड कम वा...

होन्डाको पहिलो स्पोर्ट्स इलेक्ट्रिक बाइक डब्लुएन७ भारतमा पेटेन्ट

होन्डाको पहिलो स्पोर्ट्स इलेक्ट्रिक बाइक डब्लुएन७ भारतमा पेटेन्ट

होन्डाले आफ्नो पहिलो स्पोर्ट्स इलेक्ट्रिक मोटरसाइकल डब्लुएन७ को डिजाइन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...