यी वस्तुहरु अब गर्न सकिन्छ अनलाइन बिक्री र होम डेलिभरी

काठमाडौं- विभिन्न फास्टफुड परिकार सहित करिब पाँच दर्जन वस्तु अब अनलाइन मार्फत र होम डेलिभरी गर्न सकिने भएको छ ।

निषेधाज्ञामा अनलाइनमा आधारित ई-कमर्स डेलिभरी सेवामा प्रतिबन्ध नलगाउन जिल्ला प्रशासनका नाममा सोमबार सर्वोच्च अदालतले अन्तरिम जारी गरेपछि ती वस्तुको अनलाइन डेलिभरी सेवा खुला भएको हो ।

बिक्री र निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्ने सम्बन्धी जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको मापदण्ड २०७७ को अनुसूची-१ ले तोकेको वस्तुको अनलाइन बिक्री र होम डेलिभरी सेवा सुचारु गर्न सकिने छ ।

यी वस्तुहरु अनलाइनमा पाइने
कोरोना महामारीको कारण पहिलोपटक गत साल जारी गरिएको लकडाउनका बेला होम डेलिभरी सेवा बन्द थियो । तर, सेवा प्रदायकहरुले डेलिभरी सेवा नरोक्न गरेको आग्रहपछि निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा होम डेलिभरी सेवा निश्चत शर्तमा खुला गर्न काठमाडौंका जिल्ला प्रशासन कार्यालयहरु तयार भए ।

सोही क्रममा व्यवसायी र स्थानीय प्रशासनले निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा होम डेलिभरी गर्ने सम्बन्धि मापदण्ड २०७७ को बनेको थियो । सोही मापदण्डले तोकेको फास्टफूड लगायतका ५७ प्रकारका वस्तुको डेलिभरी सर्वोच्चको अन्तरिम आदेशसँगै खुला भएको छ ।

जसअनुसार खाद्य वस्तु, डेरी, सौन्दर्य सामाग्री, बच्चाका सरसामान, व्यक्तिगत सरसफाई, कुकुर र माछाका आहार तथा मासु र फ्रोजन मिटका परिकारको होम डेलिभरी गर्न पाइन्छ ।

सेवा सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पालना अनिवार्य गर्न आदेशमै उल्लेख छ । डेलिभरीकर्ता पीसीआर नेगेटिभ भएको, पीपीई, मास्क, पन्जा लगाएको, सामाजिक दुरी कायम गरेर वस्तुको डेलिभरी गर्नु पर्नेछ ।

(क) खाद्य परिकाहरु 

१.चामल तथा यसबाट बनेका परिकारहरु

२. दलहन गेडागुडी

३.चिनी

४.नुन

५.खाने तेल

६. पकाउन आवश्यक पर्ने सामाग्रीहरु

७. हरियो तरकारी

८.फलफूल

९.पानी

१० चाउचाउ र यसका परिकार

११.बिस्कुस्ट तथा कुकीज

१२.ब्रेकफास्ट र यसका लागि आवश्यक खाद्य वस्तु

१३. डेरी तथा दूधका परिकार

१४. मासु तथा माछा

१५.प्रशोधन गरिएको मासु

१६.फ्रोजन फूड

१७.गहुँ तथा पिठो

१८. मसला

१९. दूध तथा दूधजन्य पदार्थ

२०.ड्राई फ्रूट्स

२१.चिया तथा कफी

२२. सफ्ट डि्रङ्स

२३.फाष्ट फूडका आइटम

(ख) बेबी प्रडक्ट

१. बच्चाले पिउने दूध र यसका परिकार

२. डाइपर

३. वाइप्स्

४.बच्चाका खाद्यन्न

५.बच्चाको खाद्य आहारका लागि आवश्यक वस्तुहरु

(ग) छाला तथा यसका स्याहार उतपादनहहरु

(घ) कपाल स्याहार र यसका उत्पादनहरु

(ङ) व्यक्तिगत स्याहारका वस्तुहरु

१. साबुन

२.फेसवास

३. सर्फ

४. स्याम्पो

५.मुख र यसको स्याहारका उप्तादनहरु

६. सेभिङ प्रडकट

७.व्यक्तिगत ग्रुमिङका उत्पादन

८. स्यानीटरी प्याड तथा यसका आवश्यक उत्पादनहरु

(च) कुकुरका आहार र स्याहारका वस्तु

१. पेट फूड

२.पेट स्याहाँर सामाग्री

३. पेट औषधी

(छ) व्यक्तिगत सुरक्षा सामग्रीहरु

१. फेस मास्क

२.स्यानिटाइजर

३. पन्जा

(ज) घरयासी स्यानिटेसनका सामाग्रीहरु

१. ट्वाइलेट क्लिनर

२.फ्लोर क्लिनर

३. कोठा क्लिनर

४. स्यानीटरी न्यापकिन

५. डेटरजेन्ट

६ टिस्युपेपर

७. लामखुट्टे धपाउने वस्तुहरु

(ञ)  कषि बिउ बिजन, औजार र औषधी तथा त्यससँग सम्बन्धित उत्पादनहरु

सम्बन्धित समाचारहरू

तिलोत्तमाका मेयर–उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स बनाइयो

तिलोत्तमाका मेयर–उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स बनाइयो

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई...

निषेधाज्ञामा पनि घर-घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै इ फार्म

निषेधाज्ञामा पनि घर-घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै इ फार्म

गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको इ फार्मले कोभिड–१९ को विषम...

बाइक वा गाडी चलाउदा अनिवार्य बन्दै मास्क : तर गुणस्तरीयमा ध्यान दिनु आवश्यक

बाइक वा गाडी चलाउदा अनिवार्य बन्दै मास्क : तर गुणस्तरीयमा ध्यान दिनु आवश्यक

सामान्य अवस्थामा समेत मुखमा लगाइने मास्क अब भने सवारी साधन चलाउनका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...