होन्डा सीबी३५० हाइनेसमा आधारित क्याफे रेसर चाँडै लन्च हुने

भारतमा हालै होन्डा सीबी३५० हाइनेस लन्च भएको छ । केही समयमा नै सो बाइक निकै लोकप्रिय रहयो । हाइनेस एक रेट्रो थिम भएको बाइक हो । जसमा रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता छ ।

होन्डाले पहिला नै सीबी३५० मा आधारित नयाँ क्याफे रेसर बाइक लन्च गर्ने योजना बनाइरहेको थियो । रिपोर्टका अनुसार सीबी३५० मा आधारित क्याफे रेसर जनवरीमा लन्च गर्नेछ ।

पावरको लागि नयाँ सीबी३५० क्याफे रेसरमा हाइनेसमा जस्तै ३४८.४ सीसी, एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन समावेश हुनेछ । जसले २१.०७ पीएसको पावर र ३० एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा ५ स्पिड गियरबक्सको साथै स्लिपर क्लच समावेश गरिएको छ ।

यद्यपि हाल उपलब्ध हाइनेस र क्याफे रेसर एडिसनमा सबैभन्दा ठूलो अन्तर भनेको यसको ड्राइभिङ इर्गाेनमिक्स हुनेछ । क्याफे रेसरमा कम माउन्टेड क्लिप अन र रियर सेट फुटपेग उपलब्ध रहेको छ । जसले आक्रामक सवारीको अनुभव दिलाउँछ । कम्पनीले सीबी३५० हाइनेस ब्रान्ड जस्तै प्रिमियम मोटरसाइकलको साथै होन्डाको बिग विंग डिलरसिपको माध्यमले बाइक बिक्री गर्नेेछ ।

यद्यपि हाईनेसलाई छोडेर सबै बिग विंग मोडल हाई इन्ड बाइक हो जसको मूल्य अलि बढि हुनेछ । होन्डाले पुरा भारतमा प्रिमियम मोटरसाइकल डिलर नेटवर्क विस्तार गर्ने काम गरिरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...