चीनको अग्रणी ब्रान्ड चांगनको पिकअप नेपालमा लन्च हुँदै, प्रि–लन्च अभियान चल्दै
काठमाडौं – चीनको अग्रणी अटोमोबाइल ब्रान्ड चांगनले आफ्नो प्रिमियम पिकअप...
चीनमा चेरी ग्रुपले जनवरी महिनामा गत वर्षको यही महिनाको तुलनामा २० प्रतिशत वृद्धि गरी १ लाख ७ हजार ७१० युनिट सवारी साधन बिक्री गरेको छ । यो इतिहासकै सबैभन्दा बढी संख्यामा बिक्री भएको रेकर्ड हो ।
त्यसैगरी समग्रमा २६ हजार ९ सय युनिट निर्यात भएकोमा चेरी मात्र २० हजार युनिट भन्दा बढी निर्यात भएको छ । यो गत वर्षको यही महिनाको तुलनामा करिव ६१ प्रतिशत बढी हो । चेरी ब्रान्ड धेरै बिक्री हुने विशेष गरी रसिया, चिली, ब्राजिल र इजिप्ट आदिमा यसको बिक्री बढिरहेको छ ।
रसियामा विगत १७ वर्ष देखि नै चेरी ब्रान्डका सवारी साधन बिक्री भइरहेका छन् र स्थानीय स्तरमा चेरीलाई ‘जनताको सवारी’ भनिन्छ । एसोसिएसन अफ युरोपियन बिजनेस अर्थात एईबीले सार्वजनिक गरेको तथ्यांक अनुसार रसियामा गत वर्षको जनवरी महिनाको तुलनामा यो जनवरीमा चेरीको बिक्री ४७ प्रतिशतले बढेको छ । रसियामा सबै अटोमोबाइल ब्रान्ड मध्ये चेरीको स्थान १०औं स्थानमा छ भने जनवरी महिनामा चेरीको बेस्ट सेलिङ मोडल चाहिं टिग्गो ७ प्रो बनेको छ ।
चिलीमा यो महिना टोयोटा, फक्सवागन, निसान र अन्य ब्रान्डलाई पछि पार्दै चेरी दोस्रो स्थानमा उक्लिएको छ । एएनएसी अर्थात एसोसिएसन नेसनल अथोरिटिज डि चिलीले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको यो महिना भन्दा १८८ प्रतिशतले वृद्धि भई चिलीमा २ हजार ९६९ युनिट चेरी गाडी बिक्री भएका छन् । चिलीमा चेरीको बजार हिस्सा ८ प्रतिशत पुगेको छ भने एसयूभी सेगमेन्टमा २०.५ प्रतिशत बजार हिस्सा चेरीले लिएको छ भने यसको बेस्ट सेलिङ मोडल टिग्गो २ बनेको छ ।
ब्राजिलको नेसनल मोटर भेइकल डिष्ट्रिब्युसन फेडरेसन अर्थात फेनाब्रेभले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरीमा ३ हजार १३१ युनिट बिक्रीका साथ चेरी टप १० प्यासेन्जर भेइकल ब्रान्डमा जोडिन पुगेको छ । गत वर्षको जनवरी भन्दा यो जनवरीमा ३६.६ प्रतिशत बढी बिक्रीका साथ यसले बजार हिस्सा ३.४ प्रतिशत पु¥याएको छ र यसले निसान र फोर्ड जस्ता ब्रान्डलाई पछि पारेको छ । ब्राजिलमा चेरीका टिग्गो ३एक्स, टिग्गो ८, टिग्गो ५एक्स र अन्य मोडलको बिक्री लगातार रुपमा राम्रो भइरहेको छ भने प्रो फेमिलीको नयाँ कार एरिजो ६प्रो समेत ६.४७ प्रतिशत बजार हिस्साका साथ कार सेगमेन्टमा चौथो स्थानमा पुग्न सफल भएको छ ।
इजिप्टमा गत वर्षको जनवरी भन्दा यो जनवरीमा ८७.३ प्रतिशत अर्थात १ हजार ६५८ युनिट चेरी ब्रान्डका सवारी साधन बिक्री भएका छन् । यो भन्दा पहिले डिसेम्बर २०२१ मा इतिहासमै सबैभन्दा धेरै सवारी साधन बिक्री गरेर चेरीले इतिहास कायम गर्न सफल भयो र इजिप्टमा बिक्री भएका समग्र सवारी साधन मध्ये तेस्रो स्थानमा रह्ये । चेरी टिग्गो ७ प्रो बेस्ट सेलिङ मोडल बन्यो । इजिप्टको मिडिया ब्रान्ड कन्ट्याक्टकार्सले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरीमा २ हजार १८६ चेरी गाडी इजिप्टमा दर्ता भएका थिए, जसले हुन्डाईलाई समेत उछिनेको थियो ।
हाल विश्वभर १ करोड भन्दा बढी चेरी ब्रान्डका सवारी साधन प्रयोगकर्ताहरु छन् । ती मध्ये करिब १९ लाख ५० हजार प्रयोगकर्ता चीन बाहिरका छन् । सन् २०२२ लागे पश्चात चेरीले इन्टेलिजेन्ट कनेक्टेड भेइकल सहितको फ्युचर फ्याक्ट्री स्थापना गरेर टेक्नोलोजी, प्रोडक्ट र ब्रान्डलाई अझै सुधार गर्ने कार्य गरिरहेको छ । नयाँ मोडल र प्रविधिका साथ भविष्यमा अझै बजार विस्तार गर्ने रणनीतिका साथ चेरी अगाडि बढेको बताइएको छ ।
चेरी चाइनिज अटोमोबाइल ब्रान्ड हो, जुन चीन र चीन वाहिर समेत लोकप्रिय छ । चेरीले विश्वका ८० भन्दा बढी देशमा सवारी साधन निर्यात गर्छ भने चीन बाहिरसमेत १० स्थानमा यसका फ्याक्ट्री छन् भने १ हजार डिलर र सर्भिस आउटलेट छन् । चीनबाट प्यासेन्जर कार निर्यात गर्ने कम्पनीको रुपमा चेरी विगत १९ वर्ष देखि नै पहिलो स्थानमा रहेको छ ।
नेपाली बजारमा पनि चेरी ब्रान्डका सवारी साधन भित्रिन थालेका छन् । हालै चेरीको नेपालका लागि आधिकारिक वितरकको रुपमा एसपीजी अटोमोबाइल्सले टिग्गो ४प्रो उपलब्ध गराएको छ । भर्खरै भित्रिएको यो ब्रान्डको भविष्य कस्तो हुन्छ भन्ने वारेमा भने केही समय पर्खिनु पर्नेछ ।
काठमाडौं – चीनको अग्रणी अटोमोबाइल ब्रान्ड चांगनले आफ्नो प्रिमियम पिकअप...
काठमाडौं – फोटोन मोटर्सले आफ्नो ग्राहकवर्गलाई दसैंको शुभकामनाका साथमा...
काठमाडौं – नेपाली बजारमा चांगन ब्रान्डका सवारी साधन बिक्री–वितरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...