थप चार फिचर सहित उही मूल्यमा चेरी टिग्गो ४प्रो उपलब्ध

काठमाडौं – नेपाली बजारमा उपलब्ध चेरी टिग्गो फोरप्रो थप फिचर सहित उही मूल्यमा उपलब्ध हुने भएको छ । नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले थप फिचर सहित सो गाडी हालै भित्र्याएको छ ।

यसको क्याबिनमा एम्बिएन्ट लाइट थप भएर आएको छ । त्यसैगरी गाडीको क्याबिनमा ड्राइभर चढ्दा खुट्टानेर स्कफ प्लेट रहेको छ ।

अर्को फरक भनेको पडल ल्याम्प हो । लुकिङ ग्लासबाट आउने यो ल्याम्पका कारण गाडी राखिएको बाहिरी सतहमै टिग्गो ब्रान्ड देखिन्छ ।

क्यूडी लिंक नामक एप यसमा थप भएर आएको छ । यसको सहयोगले फोन र टीभीलाई स्किन मिररिङ गर्न सकिन्छ । फोनको स्क्रिनलाई सो एपमा वा एपमा भएको स्क्रिनलाई फोनमा चलाउन सकिन्छ । डिस्प्लेबाटै फोनको सबै फङ्सन कन्ट्रोल गर्न सकिन्छ ।

यो गाडीको इन्टेरियरमा भएको सिट कभर र अन्य स्थानमा रेड लाइन थप भएर आएको छ । यसको मूल्य ५८ लाख ४० हजार रुपैयाँ छ ।

नेपाली बजारमा हाल उपलब्ध दुई मोडल मध्ये यो टप भेरिएन्ट हो । यो १.५ लिटर टर्बोचार्ज्ड ९ स्पिड गियरबक्स सीभीटी इन्जिनमा उपलब्ध छ । यसले अधिकतम पावर ११५ किलोवाट अर्थात १४७ पीएस तथा २१० एनएमको अधिकतम टर्क उत्पादन गर्दछ ।

 टिग्गो ४प्रो एसयूभीको ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ । यसको बुट स्पेस ३४० लिटरको छ र ३४ वटा विभिन्न स्टोरेज स्पेस पनि उपलब्ध छ ।

नयाँटिग्गो ४प्रो एसयूभीमा नयाँ फ्रन्ट फेस र आकर्षक मस्कुलर प्रोफाइल डिजाइन देख्न सकिन्छ । यसमा ५ स्पोक मिरर डिजाइनको १७ इन्च स्पोर्टी ह्विल समावेश गरिएको छ । यसका साथै डायमण्ड इन्टेक ग्रिल, क्रिस्टल डायमण्ड लेन्स एलईडी हेडलाइट, जी–टाइप डीआरएल र साइड स्कर्टले स्पोर्टी लुक्स प्रदान गर्न मद्दत गरेको छ । टिग्गो ४ प्रो एसयूभीमा पावरड सनरुफका साथै ड्राइभर सिटमा ६ वे एडजस्टमेन्ट लेदर सिट पाउन सकिन्छ ।

चेरी टिग्गो ४ प्रो एसयूभीको इन्टेरिएर सरल र आकर्षक छ । यसमा डि–टाइप ३ स्पोक मल्टिफंक्सनल स्टेयरिङ ह्विल, ७ इन्च एलसीडी मिटर, एप्पल कारप्ले र एन्ड्रोेइड अटो सहितको १०.२५ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, रियर आर्मरेस्ट र सेकेन्ड रो एसी भेन्ट जस्ता विशेषताहरु छ । टिग्गो ४ प्रो एसयूभीमा पुश स्टार्ट बटन र पीईपीएस रिमोट स्टार्ट प्रणाली समावेश गरिएको छ ।

टिग्गो ४ प्रो एसयूभीमा सुरक्षाको दृष्टिकोणले ६ रिङ्ग एयरव्याग, एबीएस. ईबीडी, इलेक्ट्रोनिक स्टेविलिटी प्रोग्राम, टीसीएस सिस्टम, इमर्जेन्सी ब्रेक असिस्ट, रोल स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, डाइरेक्ट टायर प्रेसर मोनिटरिङ्ग प्रणालीका साथै बच्चाहरुको सुरक्षाका लागि सबै चारवटै झ्याल र ढोकाहरुमा एन्टी पिन्च लकहरु राखिएको छ । नयाँ टिग्गो ४प्रो एसयूभीले ईपीबीका साथै अटो होल्ड प्रविधि अपनाएको छ ।

सम्बन्धित समाचारहरू

म्याग्नाइटलाई ७ सिटर एमपिभीमा उतार्ने निशानको तयारी

म्याग्नाइटलाई ७ सिटर एमपिभीमा उतार्ने निशानको तयारी

निशानले आफ्नो लोकप्रिय सब फोर मिटर एसयुभी म्याग्नाइटलाई ७ सिटर एमपिभीमा...

सिंगल चार्जमा ४ सय किमी गुड्ने निसान लिफ नेपाल आउने पक्का, आयो टिजर

सिंगल चार्जमा ४ सय किमी गुड्ने निसान लिफ नेपाल आउने पक्का, आयो टिजर

काठमाडौं – निसानको बहुप्रतीक्षित इलेक्ट्रिक कार निसान लिफ नेपाली बजारमा...

निसान म्याग्नाइट एसयूभीको स्मार्ट एडिसन सार्वजनिक, खरिदमा ३ लाखसम्मको सुविधा पाइने

निसान म्याग्नाइट एसयूभीको स्मार्ट एडिसन सार्वजनिक, खरिदमा ३ लाखसम्मको सुविधा पाइने

काठमाडौँ — नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटोकर्पले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...