एम्वास्डर कार उत्पादन गर्ने हिन्दुस्तान मोटर्सले अव इभी निर्माण गर्ने

भारतको आइकनिक अटो निर्माता हिन्दुस्तान मोटर्सले इलेक्ट्रिक भेहिलको उत्पादन थाल्ने भएको छ । कुनै समय भारतीय कार वजारको ७५ प्रतिशत भन्दा बढी हिस्सा ओगट्न सफल एम्वास्डर व्रान्डको कार उत्पादन गर्ने यो कम्पनीले पहिलो चरणमा इलेक्ट्रिक स्कुटरको उत्पादन गर्ने जनाइएको छ ।

इलेक्ट्रिक स्कुटर उत्पादनका लागी यो कम्पनीले युरोपको एक प्रतिष्ठित इभी निर्माता कम्पनीसंग सम्झौता समेत गरिसकेको छ । अवको केही समयपछि इलेक्ट्रिक स्कुटर उत्पादन थालिने र त्यसपछि चरणवद्ध रुपमा इलेक्ट्रिक कारसम्म निर्माण गर्ने कम्पनीको योजना छ ।

भारतीय बजारमा अहिले पनि एम्वास्डर व्रान्डका कारहरु ट्याक्सीका रुपमा प्रयोग भएको देख्न सकिन्छ । भारतमा सन् १९५७ देखी संचालनमा आएको यो कम्पनीले २०१४ सम्म सवारीसाधन उत्पादन गर्दै आइरहेको थियो ।

भारतीय बजारमा मारुतीले अल्टो मोडल लन्च गर्नुअघिसम्म एम्वास्डर कारको माग निकै उच्च रहेको थियो । पछि बजारमा अल्टो लगायत अन्य ब्रान्डका सस्ता कारहरु उपलब्ध हुन थालेपछि भने यो ब्रान्डको बिक्री प्रभावित वन्दै गएको हो ।

सम्बन्धित समाचारहरू

सन् २०२७ सम्ममा ईभीको मूल्य पेट्रोलियम कार भन्दा निकै सस्तो हुने तथ्य सार्वजनिक

सन् २०२७ सम्ममा ईभीको मूल्य पेट्रोलियम कार भन्दा निकै सस्तो हुने तथ्य सार्वजनिक

केही वर्षमा ब्याट्रीबाट चल्ने सवारीसाधन पेट्रोल–डिजेलबाट चल्ने सवारी...

क्यानडेली कम्पनीद्वारा जासुसीका लागि ड्रोन र राडारबाट लुक्न सक्ने विशेष इलेक्ट्रिक बाइकको विकास

क्यानडेली कम्पनीद्वारा जासुसीका लागि ड्रोन र राडारबाट लुक्न सक्ने विशेष इलेक्ट्रिक बाइकको विकास

क्यानडाको एक कम्पनीले सेनाका लागि जासुसी र निगरानी कार्यमा प्रयोग गर्न...

प्रिमियम ईभी एक्सपेङ जी६ अब १४ लाख ९९ हजारमा लिन सकिने, ६.५५ प्रतिशत ब्याजदर

प्रिमियम ईभी एक्सपेङ जी६ अब १४ लाख ९९ हजारमा लिन सकिने, ६.५५ प्रतिशत ब्याजदर

काठमाडौं – अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्सपेङको नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...