बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालका लागि क्रसएक्स बाइकको आधिकारिक वितरक बाइकर्स नेपालले बाइकमा अपर मुस्ताङको यात्रा गराउनका लागि ‘हिमाली भेगको यात्रा २०२१’ नामक इभेन्टको आयोजना गर्ने भएको छ ।
आगामी मार्च १४ देखि प्रारम्भ भएर मार्च २१ सम्म चल्ने सो यात्रामा १५ बाइक राइडर र ६ जना क्रु मेम्बर हुने छन् ।
पहिलो दिन काठमाडौंबाट प्रस्थान गर्ने राइडर टोली बेनी पुग्ने छ । दोस्रो दिन बेनीबाट स्याङबोचे, तेस्रो दिन स्याङबोचेबाट अपरमुस्ताङ हुँदै चाइना बोर्डर पुग्ने छ भने चौथो दिन अपर मुस्ताङ दृश्यावलोकनको कार्यक्रम हुनेछ ।
पाँचौ दिन अपर मुस्ताङ देखि मुक्तिनाथ, छैटौं दिन मुक्तिनाथबाट तातोपानी र सातौ दिन तातोपानीबाट पोखरा पुग्ने छ । आठौ दिन पोखराबाट टोली काठमाडौं आइपुग्ने छ ।
प्रतिब्यक्ति ६५ हजार रुपैयाँ खर्च तोकिएको सो राइडका लागि तयारी भइरहेको बाइकर्स नेपालका चिफ अपरेटिङ अफिसर (सीओओ) निखिल ठकुरीले बताए ।
सो इभेन्टमा गरिने विभिन्न क्रियाकलापको आधारमा राइडरहरुलाई ब्यक्तिगत रुपमा विशेष पुरस्कार समेत प्रदान गर्ने योजना भइरहेको र यसको जानकारी आगामी साता सार्वजनिक गरिने बाइकर्स नेपालले बताएको छ ।
सो इभेन्टका लागि अफरोड नेपाललगायतका विभिन्न संस्थाले सहयोग गरेका छन् । यसको प्रयोजक हिमालयन बाइकर्स रहेको छ भने लुब्रिकेन्ट पार्टनर इनोक लुब्रिकेन्ट रहेको छ ।
बाइकर्स नेपाल ग्रुपले स्थापना क्रसएक्स मोटरसाइकल प्रालिको स्थापना गरेको छ र सन् २००६ देखि नै बाइक बिक्री गर्नुका साथै अफरोड टुरिङ समेत आयोजना गर्दै आएको छ । युके, अमेरिका, न्युजिल्यान्ड, नेदरल्यान्ड, स्पेन, इटाली र अन्य विभिन्न देशका अन्तर्राष्ट्रिय ग्राहकहरुलाई बाइकर्स नेपालले अफरोड टुरिङ सर्भिस प्रदान गरिसकेको छ ।
वार्षिक रुपमा दुई वटा सम्म नेपाली टोलीलाई डोमेस्टिक टुर सुविधा प्रदान गरिरहेको बाइकर्स नेपालले गर्ने यो इभेन्टले स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा बाइकर्स नेपालले गरेको बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...