आज पनि अवरुद्ध छन् यी राजमार्ग , ५ स्थानमा एकतर्फी

काठमाडौं - वर्षासँगै आएको बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्ग अरुद्ध भएका छन्। रसुवाको भोटेकोसी नदीमा आएको बाढीको कारण यही भदौ १० गतेदेखि नै पृथ्वी राजमार्गसहित रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्ध छन्।

पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गमा आज पनि पूर्णरूपमा गाडी चल्न सकेको छैन। धादिङको बेनीघाट रोराङ गाउँपालिका- ७ स्थित कृष्णभिर हुँदै आज पनि गाडी चल्न सकेको छैन।

त्यसैगरी बेनीघाट रोराङ गाउँपालिका- १० स्थित ज्वाङ खोला र धादिङकै गजुरी गाउँपालिका- २ चालिसेमा आज एकतर्फी मात्रै गाडी चल्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी काठमाडौँको चन्द्रागिरि नगरपालिका- २ चिसापानीमा पहिरो जाँदा आज पनि धादिङ-काठमाडौँ सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्।

त्यसैगरी आज मुगुमा मुगु-गमगढी सडक, रोल्पामा सहिद राजमार्ग, सुर्खेतमा कर्णाली राजमार्ग र दैलेखमा पनि कर्णाली राजमार्ग आज अवरुद्ध छ।

त्यसैगरी बीपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्डमा रातको समयमा मालबाहक र दिनमा यात्रुवाहक सवारी साधन सञ्चालन हुनेगरी पालो मिलाइएको प्रहरीले जनाएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...