तीन महिनामा नेपाल भित्रियो ७०५ युनिट इलेक्ट्रिक कार, सवैभन्दा बढी भारतबाट

चालु आर्थिक वर्षको तीन महिनामा ७०५ युनिट इलेक्ट्रिक कार नेपाल भित्रिएका छन् । साउनदेखी असोज मसान्तसम्म यती धेरै इलेक्ट्रिक कार नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । तीन महिनामा नेपाल भित्रिएको यो संख्या हालसम्मकै उच्च हो । यसरी आयत भएको यी कारबाट सरकारले ६२ करोड २२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

नेपालमा हाल भारत, चीन, कोरिया, जापान र अमेरिका लगायत देशबाट यस्ता कार आयत भैरहेका छन् । भारतबाट सवैभन्दा बढी ५०२ युनिट कार आयत भएको विभागको तथ्यांकले देखाएको छ । नेपालमा हाल भारतबाट टाटाका नेक्सन र टिगोर मोडल आयत भैरहेका छन् । यो तीन महिनाको अवधिमा आयत भएका कुल इलेक्ट्रिक कारमा टाटाका इभीले मात्र ७२ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

भारतपछि कोरियाबाट १२० युनिट कार आयत भएका छन् । कोरियाबाट हाल हुन्डाइका कोना र आयोनिक ५ मात्र आयत भैरहेका छन् । भारत र कोरियाबाट आयत हुने इलेक्ट्रिक कारको संख्यामा बृद्धि हुँदै गर्दा चीनबाट आयत हुने संख्यामा भने ह्रास आएको छ । चीनसंगको नाका विगत लामो समयदेखी बन्द हुँदा पनि यो अवधीमा उक्त राष्ट्रबाट आउने यस्ता कारको अयातमा कमी आएको हो ।

तीन महिनामा चीनबाट कुल ७९ युनिट कार आयत भएको विभागको तथ्यांकमा उल्लेख छ । चीनबाट हाल विवाइडी, एमजी र नेटा लगायत ब्राण्डका कार आयत हुँदै आइरहेका छन् ।

यो समय अवधीमा अमेरिकाबाट कुल ४ युनिट टेस्ला कार नेपाल आएका छन् । उक्त समय अवधिमा जापानबाट आयत हुँदै आइरहेको निशान लिफको भने कुनैपनि युनिट नेपाल आएको देखिँदैन ।

चालु आर्थिक वर्षको बजेटमार्फत १०० किलोवाट माथीका मोटर जडित इलेक्ट्रिक कारमा भारी मात्राले भन्सार र अन्तशूल्क बृद्धि गरिएका कारण यसरी आयत हुने कारको ठूलो हिस्सा सोही क्षमतासम्मको मोटर जडित कारको रहेको छ । इलेक्ट्रिक कारको आयतमा सरकारले लचिलो निती लिएको र कम्वस्चन इन्जिनयुक्त गाडीको आयत विगत ६ महिनायता ठप्प पारिएका कारण पनि नेपालमा यस्ता कारको मागमा बृद्धि भैरहेको छ ।

सम्बन्धित समाचारहरू

ग्राहकले पाउन थाले ओमोडा ई५, यस्तो छ फिचर र मूल्य

ग्राहकले पाउन थाले ओमोडा ई५, यस्तो छ फिचर र मूल्य

काठमाडौं – विगत केही समययता प्रतिक्षा गरिँदै आएको इलेक्ट्रिक एसयूभी ओमोडा...

नेपालमा उपलब्ध छ ७८ लाख ५० हजारदेखी २ करोड २० लाख रुपैयाँसम्म पर्ने मित्सुबिसीको एसयुभी

नेपालमा उपलब्ध छ ७८ लाख ५० हजारदेखी २ करोड २० लाख रुपैयाँसम्म पर्ने मित्सुबिसीको एसयुभी

जापनिज अटो मेकर मित्सुबिसीले नेपालमा ५ वटा मोडलका गाडी बिक्री गर्दै...

काठमाडौंमा गरियो १०० बढी पन्च ईभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरु

काठमाडौंमा गरियो १०० बढी पन्च ईभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरु

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...