यस्तो हुनेछ हिरोको नयाँ मोटरसाइकल एक्सपल्स २०० ४भी, टिजर भिडियो सार्वजनिक

हिरो मोटोकर्पले आफ्नो लोकप्रिय एक्सपल्स रेन्जमा एक नयाँ एडिसन लन्च गर्ने तयारी गरेको छ । ड्युअल परपोज उक्त मोटरसाइकलको खास विशेषता यसमा हुने चार भल्व हुनेछ, जुन केही दिन पहिले भारतीय सडकमा परीक्षणको समयमा देखिएको थियो । कम्पनीले सो बाइकको नाम हिरो एक्सपल्स २०० ४भी राखेको छ ।

हिरोले आधिकारिक रुपमा लन्च भन्दा पहिले एक टिजर जारी गरेको छ । उक्त छोटो भिडियो क्लिपमा मोटरसाइकलको एक्सटेरियर बडी डिटेलको केही जानकारी सार्वजनिक भएको छ । त्यसैगरी यो मोटरसाइकल डिलरहरुमा पनि देखिएको छ ।

भिडियोमा मोटरसाइकलमा भएको ब्लु र ह्वाइट फ्रन्ट फेन्डरको वारेमा थाहा भएको छ, जुन पहिले पनि स्पाई तस्बिरमा देखिएको थियो । त्यसैगरी यो बाइकमार्फत राइडरलाई सानदार अफरोड एक्सपेरियन्स दिनका लागि हिरोको र्याली किट प्रयोग हुनेछ ।

त्यसैगरी यसको सबैभन्दा ठूलो परिवर्तन इन्जिनमा हुनेछ । कम्पनीले पहिले प्रयोग भएको दुईको सट्टामा चार भल्वको प्रयोग गर्नेछ । यसको अर्थ एक्सपल्स २०० ४भीमा भएको इन्जिन पहिलेको एक्सपल्सको तुलनामा रिफाइन्ड र भाइब्रेसन मुक्त हुनेछ ।

यो बाइकमा १९९.ट सीसी, आयलकुल्ड इन्जिनको नयाँ फोर भल्व भर्सन प्रयोग गरिएको छ । फोर भल्व हेडको प्रयोग पश्चात हाई स्पिडको अवस्थामा इन्जिनको पर्फमेन्स सुधार हुने सम्भावना छ । बाइकको समग्र पावर र टर्क सामान्यतः पहिलेकै जस्तो हुने सम्भावना छ । हालको मोडलले १७.८ बीएचपीको पावर र १६.४५ एनएमको टर्क जेनेरेट गर्छ ।

यी वाहेक हिरो एक्सपल्स २०० ४भीको हार्डवेयरमा कुनै परिवर्तन गरिने छैन । यसमा हालकै सस्पेन्सन सेटअपको प्रयोग गरिने छ ।

नयाँ एक्सपल्स २०० ४भीको मूल्य अहिले नै यति पर्छ भन्न सकिदैन । यद्यपि हाल भारतीय बजारमा भएको एक्सपल्स २०० को मूल्य भन्दा करिव ५ हजार देखि १० हजार भारु बढ्ने अनुमान गरिएको छ ।

नेपाली बजारमा हाल उपलब्ध एक्सपल्स २०० को मूल्य ४ लाख २ हजार रुपैयाँ छ । फोर भल्वयुक्त एक्सपल्स २०० आयो भने करिव २० हजार महंगो हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

फिचर : हिरो र होन्डा सहकार्यमा ब्रेकअपको १० वर्ष, भारत र नेपाल कनेक्सन

फिचर : हिरो र होन्डा सहकार्यमा ब्रेकअपको १० वर्ष, भारत र नेपाल कनेक्सन

भारतमा सबैभन्दा पहिले मोटरसाइकल उत्पादन गर्ने कम्पनी मध्मे एक हिरोहोन्डा...

दशैको बेला हिरोको मेला : बाइक र स्कुटर किन्दा १ लाख सम्म नगद पाउन सकिने

दशैको बेला हिरोको मेला : बाइक र स्कुटर किन्दा १ लाख सम्म नगद पाउन सकिने

काठमाडौं – नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जेनरल मार्केटिङ...

हिरो एक्सपल्स २०० सवार ३० राइडर लोमान्थाङ प्रस्थान

हिरो एक्सपल्स २०० सवार ३० राइडर लोमान्थाङ प्रस्थान

काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक वितरक नेपाल जनरल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...