फियाटले अवार्थ ब्रान्डमा इलेक्ट्रिक कार ल्याउने, अर्को बर्ष लन्च गरिने
इटालियन अटो निर्माता फियाटले अर्को बर्ष नयाँ इलेक्ट्रिक कार लन्च गर्ने...
हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर भिडा सब–ब्राण्डको नामबाट ७ अक्टोबर २०२२ मा लन्च गर्न लागेको छ । पहिलो पटक सो स्कुटर १ जुलाई २०२१ मा प्रस्तुत गरिएको थियो । यसको मूल्य करिब १ लाख भारु हुने अनुमान गरिएको छ ।
रिपोर्टका अनुसार कम्पनीले आफ्ना डिलर, लगानीकर्ता र विश्वव्यापी वितरकलाई सो स्कुटरको लन्चको लागि निमन्त्रणा पठाइसकेको छ । यसको लन्चिङ कार्यक्रम राजस्थानको राजधानी जयपुरमा आयोजना हुनेछ ।
हालसम्म कम्पनीले नयाँ हिरो इलेक्ट्रिक स्कुटरको स्पेसिफिकेसन्स र फिचरको बारेमा खुलासा गरेको छैन । भारतीय बजारमा लन्च भएपछि हिरोको इलेक्ट्रिक स्कुटरले टीभीएस आईक्युब, बजाज चेतक र अन्य ब्राण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
हिरोको नयाँ ई–स्कुटर जयपुरको आर एन्ड डी हब सेन्टर अफ इनोभेसन एण्ड टेक्नोलोजीमा विकास गरिएको हो र आन्ध्र प्रदेशमा रहेको कम्पनीको प्लान्टमा निर्माण गरिने छ ।
हिरोले दुई नयाँ ३०० सीसी बाइकमा पनि काम गरिरहेको छ । एक्सट्रिम एस र एक्सपल्सको परीक्षण भइरहेको छ । सो दुबै बाइक नयाँ प्लेटफर्ममा आधारित छ र हाई पावर आउटपुटको लागि ट्युन गरिएको ३०० सीसी इन्जिन प्रयोग गरिएको छ ।
हिरो एक्सट्रिम एस फुल फेयर्ड बाइक हुनेछ भने एक्सपल्स नयाँ एड्भेन्चर बाइक हुनेछ । परीक्षणका क्रममा देखिएका मोडलमा पेटल डिस्क, रेड ट्रेलिस फ्रेम, क्लच कभर, क्रोम फिनिस्ड साइड स्ट्यान्ड र स्विङआर्मसहितको फ्रन्ट स्पोक ह्विल समावेश छ ।
इटालियन अटो निर्माता फियाटले अर्को बर्ष नयाँ इलेक्ट्रिक कार लन्च गर्ने...
सुन्दर यातायातले विद्युतीय स्कुटरमार्फत राइड सेयरिङ सेवा प्रदान गर्ने...
होन्डाले पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिटलाई औपचारिक रुपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...