एइटोको नयाँ एसयूभी एइटो एम८ ईआरईभी अप्रिलमा लन्च हुँदै, प्रि-सेल अर्डर ७० हजार युनिट
चिनियाँ कार निर्माता कम्पनी एइटोले आफ्नो नयाँ एइटो एम८ ईआरईभी एसयूभी...
बजारमा इलेक्ट्रिक टु ह्विलरको बहार भइरहेको समयमा हालै भारतीय बजारका लागि हिरो मोटोकर्पले भिडा ब्रान्डमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । भिडा भी१ प्लस र भिडा भी१ प्रो गरी दुई भेरिएन्टमा उपलब्ध सो स्कुटरको मूल्य क्रमशः १ लाख ४५ हजार र १ लाख ५९ हजार रुपैयाँ तोकिएको छ ।
केही समय पश्चात नेपाली बजारमा समेत उपलब्ध हुने अपेक्षा गरिएको सो इलेक्ट्रिक स्कुटरको थप विवरण यस प्रकार रहेको छ :
ब्याट्री र रेन्ज
हिरो भिडा भी१ प्लस र भी१ प्रोमा अलि फरक प्रकारका ब्याट्री प्याक उपलब्ध छन् । यद्यपि दुवैमा रिमुभेवल ब्याट्री रहेका छन् । भिडा भी१ प्लसमा ३.४४ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसलाई ८ बीएचपी पावर दिने इलेक्ट्रिक मोटरसँग पेयर गरिएको छ । हिरोको दावी अनुसार यसले ३.४ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन्छ र सिंगल चार्जमा १४३ किलोमिटर रेन्ज दिन्छ ।
भिडा भी१ प्रोमा केही ठूलो ३.९४ किलोवाटको ब्याट्री प्याक र उही ८ बीएचपीको इलेक्ट्रिक मोटर छ । यसले ३.२ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन्छ र १६५ किलोमिटर रेन्ज दिन्छ ।
ब्याट्रीलाई स्कुटरमै चार्ज गर्न पनि सकिन्छ । यसलाई झिकेर र घरैमा पनि चार्ज गर्न सकिन्छ । हिरोका अनुसार सो ब्याट्रीलाई डीसी फास्ट चार्जरको सहयोगमा २ घण्टामै चार्ज गर्न सकिन्छ भने एसी चार्जरबाट करिव ५ घण्टा भन्दा बढी समयमा चार्ज गर्न सकिन्छ ।
फिचर
बजारमा उपलब्ध विभिन्न इलेक्ट्रिक स्कुटर जस्तै हिरो भिडा भी१ मा विभिन्न फिचर रहेका छन् । यसमा स्पोर्ट, राइड, इको र कस्टम गरी चार राइडिङ मोड रहेका छन् । यसमा ‘लिम्प होम’ मोड पनि रहेको छ, जसले गर्दा ब्याट्री चार्ज तोकिएको लेवल भन्दा कम भएमा १० किलोमिटर प्रतिघण्टाको गतिमा ८ किलोमिटर सम्म राइड गरेर जान सकिन्छ ।
त्यसैगरी यसमा ७ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट कन्सोल, किलेस एक्सेस, क्रुज कन्ट्रोल, रिभर्स मोड सहित टु–वे थ्रोटल, स्मार्टफोन कनेक्टिभिटी, नेभिगेसन र अन्य विभिन्न फिचर रहेका छन् ।
विभिन्न उपकरण
यो स्कुटरमा टेलिस्कोपिक फ्रन्ट फोर्क्स, रियर मोनोसक, फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक, एलईडी लाइटिङ, स्प्लिट सिट र २६० लिटर अन्डर सिट स्टोरेज छ ।
प्रतिस्पर्धा
भारतीय बजारमा हिरो भिडा भी१ ले ओला, एथर, टीभीएस र बजाजका इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ । ओला एस१ को मूल्य १ लाख ३९ हजार, एथर ४५०एक्सको मूलय १ लाख ५५ हजार, टीभीएस आईक्युबको मूल्य १ लाख २० हजार र बजाज चेतकको मूल्य १ लाख ५१ हजार भारु रहेको छ ।
चिनियाँ कार निर्माता कम्पनी एइटोले आफ्नो नयाँ एइटो एम८ ईआरईभी एसयूभी...
नेपाल विद्युतीय व्यवसायी महासंघले मंसिर २२ देखी २५ गतेसम्म ‘इलेक्ट्रो टेक...
भल्भो कार इण्डियाले गत जुलाई महिनामा लन्च गरेकोे पहिलो इलेक्ट्रिक एसयूभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...