हिरो भिडा भी१ इलेक्ट्रिक स्कुटर : यी हुन् थाहा पाउनु पर्ने तथ्यहरु

बजारमा इलेक्ट्रिक टु ह्विलरको बहार भइरहेको समयमा हालै भारतीय बजारका लागि हिरो मोटोकर्पले भिडा ब्रान्डमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । भिडा भी१ प्लस र भिडा भी१ प्रो गरी दुई भेरिएन्टमा उपलब्ध सो स्कुटरको मूल्य क्रमशः १ लाख ४५ हजार र १ लाख ५९ हजार रुपैयाँ तोकिएको छ ।

केही समय पश्चात नेपाली बजारमा समेत उपलब्ध हुने अपेक्षा गरिएको सो इलेक्ट्रिक स्कुटरको थप विवरण यस प्रकार रहेको छ :

ब्याट्री र रेन्ज
हिरो भिडा भी१ प्लस र भी१ प्रोमा अलि फरक प्रकारका ब्याट्री प्याक उपलब्ध छन् । यद्यपि दुवैमा रिमुभेवल ब्याट्री रहेका छन् । भिडा भी१ प्लसमा ३.४४ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसलाई ८ बीएचपी पावर दिने इलेक्ट्रिक मोटरसँग पेयर गरिएको छ । हिरोको दावी अनुसार यसले ३.४ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन्छ र सिंगल चार्जमा १४३ किलोमिटर रेन्ज दिन्छ ।

भिडा भी१ प्रोमा केही ठूलो ३.९४ किलोवाटको ब्याट्री प्याक र उही ८ बीएचपीको इलेक्ट्रिक मोटर छ । यसले ३.२ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन्छ र १६५ किलोमिटर रेन्ज दिन्छ ।

ब्याट्रीलाई स्कुटरमै चार्ज गर्न पनि सकिन्छ । यसलाई झिकेर र घरैमा पनि चार्ज गर्न सकिन्छ । हिरोका अनुसार सो ब्याट्रीलाई डीसी फास्ट चार्जरको सहयोगमा २ घण्टामै चार्ज गर्न सकिन्छ भने एसी चार्जरबाट करिव ५ घण्टा भन्दा बढी समयमा चार्ज गर्न सकिन्छ ।

फिचर
बजारमा उपलब्ध विभिन्न इलेक्ट्रिक स्कुटर जस्तै हिरो भिडा भी१ मा विभिन्न फिचर रहेका छन् । यसमा स्पोर्ट, राइड, इको र कस्टम गरी चार राइडिङ मोड रहेका छन् । यसमा ‘लिम्प होम’ मोड पनि रहेको छ, जसले गर्दा ब्याट्री चार्ज तोकिएको लेवल भन्दा कम भएमा १० किलोमिटर प्रतिघण्टाको गतिमा ८ किलोमिटर सम्म राइड गरेर जान सकिन्छ ।

त्यसैगरी यसमा ७ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट कन्सोल, किलेस एक्सेस, क्रुज कन्ट्रोल, रिभर्स मोड सहित टु–वे थ्रोटल, स्मार्टफोन कनेक्टिभिटी, नेभिगेसन र अन्य विभिन्न फिचर रहेका छन् ।

विभिन्न उपकरण
यो स्कुटरमा टेलिस्कोपिक फ्रन्ट फोर्क्स, रियर मोनोसक, फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक, एलईडी लाइटिङ, स्प्लिट सिट र २६० लिटर अन्डर सिट स्टोरेज छ ।

प्रतिस्पर्धा
भारतीय बजारमा हिरो भिडा भी१ ले ओला, एथर, टीभीएस र बजाजका इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ । ओला एस१ को मूल्य १ लाख ३९ हजार, एथर ४५०एक्सको मूलय १ लाख ५५ हजार, टीभीएस आईक्युबको मूल्य १ लाख २० हजार र बजाज चेतकको मूल्य १ लाख ५१ हजार भारु रहेको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा अब इकुटर ई३ इलेक्ट्रिक स्कुटर, गरियो अनावरण

नेपाली बजारमा अब इकुटर ई३ इलेक्ट्रिक स्कुटर, गरियो अनावरण

काठमाडौं — जिरो इमिसन राइड एनले नेपालमा इकुटर ई३ विद्युतीय स्कुटरको भव्य...

निसान गाडी किन्न नबिल बैंकले अटो लोन दिने, बेस रेटमा ३.५० देखि ५ प्रतिशत बढी ब्याजदर

निसान गाडी किन्न नबिल बैंकले अटो लोन दिने, बेस रेटमा ३.५० देखि ५ प्रतिशत बढी ब्याजदर

काठमाडौं – नेपालका लागि निसानको आधिकारिक विक्रेता पायोनियर माटोकर्प...

थापाथली क्याम्पसका विद्यार्थीहरुले बनाएको विद्युतीय गाडी प्रतिस्पर्धामा, गोल्छा ग्रुपको सहयोग

थापाथली क्याम्पसका विद्यार्थीहरुले बनाएको विद्युतीय गाडी प्रतिस्पर्धामा, गोल्छा ग्रुपको सहयोग

काठमाडौं – गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...