नयाँ वर्ष स्किम : हिरो मोटरसाइकल र स्कुटर किन्दा १० हजार सम्म छुट र १ लाख जित्ने मौका

काठमाडौं – हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले नयाँ वर्ष २०७८ को स्किम सार्वजनिक गरेको छ । हिरोले ‘यो नयाँ वर्ष हिरोको साथ खाली हुन्न हात, ठाउँको ठाउँ डिस्काउन्ट पाउँ’ नामक स्किम ल्याएको छ, जसमा नगद छुट तथा शून्य प्रतिशत डाउन पेमेन्टको स्किम उपलब्ध छ ।

हिरो मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले स्क्र्याच कार्डमार्फत ५ हजार देखि १० हजार रुपैयाँसम्म छुट पाउन र लक्की ड्र मार्फत १ लाखसम्म जित्न सक्ने छन् । त्यस्तै हिरोका मोटरसाइकल तथा स्कुटर शून्य प्रतिशत डाउनपेमेन्टमा समेत खरिद गर्न सकिने छ । त्यस्तै एक्सचेन्ज समेत गर्न सकिने र ५ मिनेटमै ग्यारेन्टीका साथ सबै सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

शून्य प्रतिशत डाउन पेमेन्टलाई कम्पनीले ‘सजिलै हिरो’ र ५ मिनेमै एक्सचेन्ज गर्न सकिने सुविधालाई ‘तत्काल हिरोफेरि’ नाम दिएको छ ।

मोटरसाइकल वा स्कुटर किनेपछि ग्राहकले सर्भिसिङ गर्दा इन्जिन आयलमा ३० प्रतिशत र स्पेयर पार्ट्समा ७ प्रतिशत छुट तथा ९ वटा निःशुल्क सर्भिसिङ सुविधा प्राप्त गर्नेछन् । यी वाहेक ग्राहकलाई निःशुल्क हेल्मेट र विभिन्न एसेसरिज समेत प्रदान गरिने छ ।

नेपाली बजारमा पहिलो पटक ५ वर्ष वारेन्टी उपलब्ध गराएको दावी गर्ने हिरोका नेपाली बजारमा उपलब्ध मोटरसाइकल तथा स्कुटरको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...