हिरो इलेक्ट्रिक बाइक उत्पादन गर्ने चर्चासँगै बढ्यो हिरो मोटोकर्प र हिरो इलेक्ट्रिक विवाद

हिरो मोटोकर्पले हिरो ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने प्रक्रिया अघि बढाएपछि भारतमा अहिले मुन्जाल परिवारमा विवाद देखिएको छ । यो विवाद हिरो मोटोकर्पका अध्यक्ष पवन मुन्जाल र नातामा उनका काका पर्ने हिरो इलेक्ट्रिकका मालिक विजय र नवीन मुन्जाल बिच देखिएको हो ।

सम्पत्तिको भागबन्डा हुँदा पवनको नाममा हिरो मोटोकर्प र नवीनका नाममा हिरो इलेक्ट्रिक बाँडिएको थियो । सोही आधारमा यी काका भतिजले छुट्टाछुट्टै ब्रान्डमा टु ह्विलर उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेका थिए । नवीन मुन्जालका अनुसार अंशबन्डा हुँदा खेरी नै हिरो ब्रान्ड राखेर इलेक्ट्रिक टु ह्विलरको उत्पादन आफूले मात्र गर्न पाउने सहमति भएको थियो । उक्त सहमतिलाई उल्लंघन गरेर पवन मुन्जालले हिरो ब्रान्डमा छुट्टै इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने प्रक्रिया थालेपछि उनले यो विषयलाई अदालतसम्म पु¥याएका छन् ।

उता पवन मुन्जाल भने हिरो ब्रान्ड आफू मातहत भएका कारण यो ब्रान्डमा जुनसुकै प्रकारको सवारीसाधन उत्पादन गर्न आफूलाई कसैले रोक्न नसक्ने अडानमा छन् । भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर समेत उत्पादन गर्दा बजार लिन सजिलो हुने उनको बुझाई छ । नयाँ ब्रान्डमा उत्पादन थाल्दा ब्रान्डिङ र प्रमोशनमा ठूलो रकम बचत हुने पवनको बुझाई रहँदै आएकोे छ ।

काका भतिजबीचको यो मुद्धामा भारतका केही बजार बिश्लेषकहरुले समेत मुख खोलेका छन् । उनीहरुमध्ये अधिकांशले विजय र नवीन मुन्जालको पक्षमा आफ्नो धारणा राख्दै आएका छन् । केही विश्लेषकहरुले भने यो मुद्धामा पवन मुन्जाल मुछिनु राम्रो नुहुने सुझाव दिएका छन् । इलेक्ट्रिक टु ह्विलरका लागि पवनले नयाँ नाम लिएर आफ्नो प्रोजेक्ट बढाउनु उत्तम हुने उनीहरुको भनाई छ ।

जसरी ओला, सिम्पल वान, एथर लगायत नयाँ स्टार्टअप कम्पनीले इलेक्ट्रिक टु ह्विलरका राम्रो गरिरहेका छन् त्यसैगरी पवनले नयाँ नाममा उत्पादन थाले यसले समेत छिट्टै लोकप्रियता पाउने उनीहरुको राय छ । बजाजले चेतक ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर उत्पादन थालेको र यसमा सफलता समेत हात पार्दै गएको उदाहरण दिँदै उनीहरुले पवन मुन्जाललाई नयाँ नाममा उत्पादन थाल्नु उचित हुने सुझाव दिएका हुन् ।

त्यसो त पवन मुन्जालको हिरो मोटोकर्पले यसअघि नै एथर ब्रान्डमा लगानी गरिसकेको छ । साथै उसले केही समयअघि मात्र एथरमा थप ४२० करोड भारु लगानी थप्ने बताएको थियो ।

नेपाली बजारमा हिरो इलेक्ट्रिक ब्रान्ड हालै भित्रिएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई मोबिलिटीले यसको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ । त्यसैगरी हिरो मोटोकर्पका बाइक र स्कुटर भने ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङ प्रालिले बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

इभी उत्पादनमा हुन्डाईले १८.१४ अर्व डलर लगानी गर्ने, २०३० सम्म तेस्रो ठूलो इभी उत्पादक वन्ने

इभी उत्पादनमा हुन्डाईले १८.१४ अर्व डलर लगानी गर्ने, २०३० सम्म तेस्रो ठूलो इभी उत्पादक वन्ने

कोरीयाली अटो उत्पादक हुन्डाईले आगामी सात वर्षमा विद्युतीय गाडी उत्पादनका...

कोस्टिङ रिगेन फिचरसहित पारदर्शी बडी भएको एपेक्स ४५० इलेक्ट्रिक स्कुटर लन्च

कोस्टिङ रिगेन फिचरसहित पारदर्शी बडी भएको एपेक्स ४५० इलेक्ट्रिक स्कुटर लन्च

एथर इनर्जीले भारतीय बजारमा फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ४५० एपेक्स लन्च...

बीवाईडीले मनायो ३०औं वार्षिकोत्सव, हस्तान्तरण ग-यो १ करोडौ न्यु इनर्जी भेइकल

बीवाईडीले मनायो ३०औं वार्षिकोत्सव, हस्तान्तरण ग-यो १ करोडौ न्यु इनर्जी भेइकल

न्यु इनर्जी भेइकल्स (एनईभीज) र पावर ब्याट्रीको क्षेत्रमा विश्वकै प्रमुख...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...