बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हिरो मोटोकर्प भारतलगायत विश्वको ठूलो टुह्वीलर म्यानुफ्याक्चर कम्पनी मध्ये एक हो । बजारमा दबदवा बनाउनको लागि कम्पनीले पोर्टफोलियो बढाउने तयारीमा रहेको छ । कम्पनीले हालै १० करोडौं बाइक रोलआउट गरेर कीर्तिमान कायम गरेको छ ।
कम्पनीले २०२५ सम्ममा ५० नयाँ प्रोडक्ट लन्च गर्ने योजना बनाएको छ । यसमा नयाँ मोडल, भेरिएन्ट र हाल उपलब्ध मोडलको फेसलिफ्ट भर्सन समावेश रहेको छ । हिरो ५ वर्षमा हरेक वर्ष १० नयाँ मोडल लन्च गर्ने काममा जुटिरहेको छ ।
हिरो कम्पनीले २०२० डिसेम्बर सम्ममा ४ लाख २५ हजार टु ह्वीलर बिक्री गरेको थियो । २०२० मा हिरोको ३७.६८ प्रतिशत बजार हिस्सा ओगटेको थियो ।
कम्पनीले ६ टु ह्वीलरको नयाँ सेलिब्रेशन एडिशन भेरिएन्टको घोषणा गरेको थियो । यसमा स्प्लेन्डर प्लस, एक्सट्रिम १६०आर, प्यासन प्रो, ग्लामर बाइक सहित डेस्टिनी १२५ र मेस्ट्रो एज ११० स्कुटर समावेश रहेको छ । नयाँ लिमिटेड एडिशन मोडल अर्काे महिना बिक्रीको लागि उपलब्ध हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...