हिरो मोटोकर्पले भिडा ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर ल्याउने

हिरो मोटोकर्पले भिडा ब्रान्डको नाममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने भएको छ । हिरो ब्रान्डलाई लिएर हिरो इलेक्ट्रिकसंग विवाद चुलिरहेको समयमा उसले नयाँ ब्रान्डमा इलेक्ट्रिक भेहिकल उत्पादन गर्ने निर्णय लिएको हो । यससंगै यी दुई कम्पनीबिच जारी बिबाद समेत हल हुने देखिएको छ ।

भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटोकर्पमाथी इलेक्ट्रिक टु ह्विलर उत्पदानमा ढिलो गरिरहेको भनेर तत्काल यो सेग्मेन्टमा उत्पादन थाल्न दाबव सिर्जना हुँदै आइरहेको थियो । भिडा ब्रान्ड अन्तर्गत उसले पहिलो पटक इलेक्ट्रिक स्कुटर लन्च गर्न सक्ने देखिएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले सम्भवत जुलाई १ मा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्नेछ । उक्त दिन कम्पनीका संस्थापक डा.बृजमोहन लालको जन्मोत्सब समेत हो ।

इलेक्ट्रिक टु ह्विलरका लागि भनेर कम्पनीले गोगोरोसंग साझेदारी समेत गरिसकेको छ । साथै उसले चार्जिङ स्टेशन निर्माणका लागि भारत पेट्रोलियम कर्पोरेशनसंग सम्झौता समेत गरिसकेको छ । साथै कम्पनीका अध्यक्ष एबं सिइओ पवन मुन्जालले ग्लोबल सस्टेनबिलिट फन्ड अन्तर्गत १०० मिलियन डलर लगानी गर्ने उद्घोस समेत गरेका छन् ।

सम्बन्धित समाचारहरू

नेपाल चेम्वर एक्सपोमा जेरो एमिसन राइड एनको विशेष अफर, स्कुटर किन्दा सिधै २० हजार छुट

नेपाल चेम्वर एक्सपोमा जेरो एमिसन राइड एनको विशेष अफर, स्कुटर किन्दा सिधै २० हजार छुट

काठमाडौं–जेरो एमिसन राइड एनले आजदेखी भृकुटीमण्डपमा आयोजना हुने आँठौ...

८ महिनामै भित्रिए १३ सय बढी विद्युतीय सवारी : नेपाली सडकमा बढ्दै यस्ता सवारी

८ महिनामै भित्रिए १३ सय बढी विद्युतीय सवारी : नेपाली सडकमा बढ्दै यस्ता सवारी

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय...

एनपीएल सिजन २ आजदेखि, फरक प्रकारले सहभागिता जनाउँदै छन् यी अटोमोबाइल कम्पनी

एनपीएल सिजन २ आजदेखि, फरक प्रकारले सहभागिता जनाउँदै छन् यी अटोमोबाइल कम्पनी

काठमाडौं – नेपाली क्रिकेटको सर्वाधिक प्रतिक्षित प्रतियोगिता नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...