अटो शो र फेस्टिभ सिजनको पूर्वसन्ध्यामा सहरमा बढ्दै शोरुम, भित्रिदै नयाँ ब्रान्ड
आगामी भाद्र ११ देखि अटोमोबाइल व्यवसायीहरुको लागि चाडपर्वकै रुप मानिने...
हिरोले फेस्टिभ सिजनको अवसरमा हिरोको नयाँ इलेक्ट्रिक स्कुटर भिडा आज भारतमा लन्च गर्दैछ । यसमा ब्याट्री स्वापिङ टेक्नोलोजीको उपयोग गरिएको छ । यसको ब्याट्री सकिएपछि राइडर आफैले यसलाई सजिलै बदल्न सकिनेछ ।
हिरो भिडाको लन्चिङको जानकारी कम्पनीको आधिकारिक ट्विटरबाट सार्वजनिक गरिएको थियो । कम्पनीले भिडामा मोड्युलर चार्जिङ सिस्टम हुने बताएको थियो । यसलाई पोर्टेबल ब्याट्रीबाट जहाँ पनि, जुनसुकै बेला पावर दिन सकिनेछ ।
हिरोको सो नयाँ इलेक्ट्रिक भिडा स्कुटरले बाउन्स इन्फिनिटी ई१सँग प्रतिस्पर्धा गर्नेछ, किनभने यसमा पनि ब्याट्री स्वापिङको सुविधा रहेको छ ।
हिरोले सन् २०२१ मा नै ताइवानको ब्याट्री सप्लायर कम्पनी गोगोरोसँग साझेदारी गरेको थियो । यो साझेदारी अन्तर्गत दुबै कम्पनीले भारतमा इलेक्ट्रिक टु ह्विलर निर्माण गर्ने र ब्याट्री स्वापिङ नेटवर्क स्थापना गर्ने काम गरिरहेका छन् ।
कम्पनीले सो स्कुटर १ लाख भन्दा कम मूल्यमा लन्च गर्ने अनुमान गरिएको छ । टीभीएस आईक्युब जस्तै सो स्कुटर कम्प्युटर बेस्ड मोडल हुने र लेटेस्ट टेक्नोलोजीले सुसज्जित हुनेछ ।
आगामी भाद्र ११ देखि अटोमोबाइल व्यवसायीहरुको लागि चाडपर्वकै रुप मानिने...
एमजी मोटरले अटो एक्सपो २०२३ मा आफ्ना २ वटा इलेक्ट्रिक कार सार्वजनिक गर्ने...
काठमाडौं- नेपाली बजारमा टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...