आईबीएस सहितको हिरो ग्ल्यामर शुक्रबार देखि नेपालमा बिक्री प्रारम्भ गरिने

काठमाडौं – आगामी शुक्रबारदेखि नेपाली बजारमा हिरोको नयाँ प्रविधिसहितको ग्ल्यामर मोटरसाइकलको बिक्री शुभारम्भ हुने भएको छ । नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले सो बाइक २ लाख २० हजार मूल्य सहित बिक्री गर्ने जनाएको छ ।

नयाँ ग्ल्यामरमा आईबीएस (एकीकृत ब्रेकिङ्ग प्रणाली) जस्तो सुरक्षात्मक विधि थप गरिएको छ । आईबीएसको सुरक्षाले गर्दा चालकलाई समग्र भूभागहरुमा आराम र वास्तविक सडकको उपस्थितिका साथ दिनभर बाधा अड्चनहरु पर गर्न मद्दत पुग्नेछ । नयाँ आईबीएस विशेषताले बाइक चालकलाई कुनै पनि अवस्थामा बाइक हाँक्दा जब पछाडिको ब्रेक लगाइन्छ तब अगाडि र पछाडि दुवै ब्रेक लाग्ने गरिएको ब्रेक वितरण प्रणालीले थप सुरक्षा प्रदान गर्दछ ।

हिरो ग्ल्यामरमा बीएस ४ मापदण्डको १२५ सीसी इन्जिन छ, जसले ७५०० आरपीएममा ११.१ बीएचपीको पावर र ६५०० आरपीएममा ११ एनएमको टर्क जेनेरेट गर्छ । यसमा भएको आइथ्रीएस (आइडल स्टार्ट–अप सिस्टम) प्रविधिले शहरी क्षेत्रको रोक्ने–जाने ट्राफिक अवस्थामा सुविधा प्रदान गर्नुका साथै इन्धन खपतमा पनि बचत गरिदिन्छ ।

यसमा भएको थ्रीडी प्रतिरुप डिजाइन, अंग्रेजी भी आकारको हेडलाइट, जुम्ल्याहा पाइलट बत्तीहरु, आफ्नै किसिमको एलईडी टेललाइट र अंग्रेजी वाई जनाउने स्टाइलिस अलोय ह्विल आदि छन् । बढाइएको ट्यांकको सुन्दरता, नयाँ फेन्डर हगर र आकर्षक सिटले यसलाई थप विशेष बनाएको छ ।

आइथ्रीएस संकेतसहितको एनालग डिजिटल स्पिडोमिटर, डिजिटल इन्धनगेज, नयाँ सिट टेक्स्चर, र ट्युबलेस टायर यसको विशेषता हुन् । यो नयाँ ग्ल्यामरमा सजिलै उकालो चढ्न सक्ने क्षमता पनि रहेको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...