२०३० सम्ममा विश्वव्यापी कार बिक्रीको ३० प्रतिशत हिस्सा चिनियाँ ब्राण्डले लिने
एक प्रतिवेदनका अनुसार २०३० सम्ममा विश्वमा बिक्री हुने सवारी साधनको...
गत महिना भारतीय बजारमा हिरो इलेक्ट्रिकले १० हजार बढी युनिट स्कुटर बिक्री गरेको छ । अगष्ट महिनामा उसले १० हजार ४७६ युनिट इलेक्ट्रिक स्कुटर बिक्री गर्दै सर्बाधिक विक्री हुने इलेक्ट्रिक टु ह्विलर ब्रान्डमा पहिलो स्थान हाँसिल गरेको हो ।
इलेक्ट्रिक स्कुटरमा एकपछि अर्को आगालागीको घटना निम्तिएपछि विगत केही महिनायता भारतमा यस्ता साधनको बिक्री नराम्ररी प्रभावित बनेको थियो । जसको असर हिरो इलेक्ट्रिकमा समेत परेपनि पछिल्लो समय बजारले गती लिन थालेको छ ।
हिरोपछि दोस्रो सर्बाधिक बिक्री हुने ब्रान्डमा ओकिनावा दर्ज भएको छ । गत महिना ओकिनावाले ८ हजार ५५४ युनिट स्कुटर बिक्री गरेको छ । जुन जुलाइ महिनाको तुलनमा केही सय युनिट बढी हो । जुलाइमा उसले कुल ८ हजार ९६ युनिट स्कुटर बिक्री गरेको थियो ।
तेस्रो सर्बाधिक बिक्री हुने ब्रान्डमा एथर सामेल भएको छ । गत महिना उसले ६ हजार ४१० युनिट बिक्री गरेको छ । जुन जुलाईमा बिक्री भएको २ हजार ३८९ युनिटको तुलनमा २३७ प्रतिशतले बढी हो । एथर इनर्जीले सोहि महिना ४५० एक्सको नयाँ जेनेरेशन मोडल लन्च गरेको थियो ।
एम्पियरले कुल ६ हजार ३९६ युनिट बिक्री गर्दै चौथो स्थानमा कव्जा जमाएको छ भने सवैभन्दा बढी चर्चा कमाउँदै आएको ओला सूचीको पाँचौ स्थानमा परेको छ । ओलाले गत महिना कुल ३ हजार ४२१ युनिट स्कुटर विक्री गरेको छ ।
एक प्रतिवेदनका अनुसार २०३० सम्ममा विश्वमा बिक्री हुने सवारी साधनको...
चिनियाँ सरकारी स्वमित्वमा संचालित एफएडब्लु समूहले लिपमोटरमा ३.७४ अर्ब...
हिरो मोटोकर्पले केही महिना अघि भीडा ईभी सब–ब्रान्डको बारेमा घोषणा गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...