४ लाख ९० हजार पर्ने सिएफ मोटोको इलेक्ट्रिक स्कुटर, यस्तो छ फिचर, पावरट्रेन र रेन्ज
सिएफ मोटोले उत्पादन गरेको इलेक्ट्रिक स्कुटर जिहो एई८ नेपाल आइपुगेको छ । यो...
भारतको सवैभन्दा पुरानो र ठूलो इलेक्ट्रिक टु ह्विलर निर्माता हिरो इलेक्ट्रिकले सन् २०२२ मा १ लाख बढी स्कुटर विक्री गरेको छ । इलेक्ट्रिक स्कुटरको मागमा उच्च बृद्धि भएसंगै हिरोले एक वर्षमै १ लाख युनिट विक्रीको माइलस्टोन पुरा गरेको हो । भारतमा यो व्रान्डको स्कुटर प्रयोग गर्ने ग्राहकको संख्या ६ लाख नाघेको कम्पनीको भनाई छ ।
हिरोले हाल ७ भिन्न मोडलका स्कुटर उत्पादन गरी विक्री वितरण गर्दै आइरहेको छ । जसमध्ये फोटोन एलपी र अप्टिमा सिएक्स सिंगल र डवल व्याट्री अप्सनमा उपलब्ध रहँदै आएको छ । अन्य मोडलमा एनवाइएक्स एचएस, एनवाइएक्स, ई५, एट्रिया एलएक्स र एड्डी पर्छन् ।
इलेक्ट्रिक स्कुटरको विक्रीमा आक्रमक र निकै नै महत्वकांक्षी योजना लिएको कम्पनीले अवको ३ वर्षभित्र ५० लाखी स्कुटर बिक्री गर्ने लक्ष्य लिएको छ । जसका लागी उसले राजस्थानमा नयाँ प्लान्ट निर्माण गरिरहेको छ भने अर्र्वौै रुपैयाँ लागनी थप गर्ने घोषणा समेत गरिसकेको छ । देशभर २० हजारभन्दा बढी चार्जिङ पूर्वाधार निर्माण गर्ने कम्पनीको योजना छ ।
आफैले मोटर उत्पादन गर्न कम्पनीले जापानको प्रख्यात इलेक्ट्रिक मोटर उत्पादक एनआइडिसीसंग सहकार्य अघि वढाएको छ । यसै वर्षको अन्तिमसम्ममा हिरोले आफ्नो स्कुटरमा नयाँ मोटर जडान गर्ने वताएको छ । कम्पनीले आफ्नो उत्पादन क्षमता बढाउन हाल महिन्द्राको टु ह्विलर प्लान्टलाई समेत प्रयोग गरिरहेको छ ।
यो व्रान्डको इलेक्ट्रिक स्कुटर विगत लामो समयदेखी नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । हाल यसको कारोबार लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोविलिटीले गरिरहेको छ । नेपाली बजारमा यसको फोटोन, एनवाइएक्स र अप्टिमा लगायत मोडल उपलब्ध छन् । जसको मूल्य २ लाख ९ हजार ६०० देखी ३ लाख ९ हजार ६०० रुपैयाँसम्म निर्धारण गरिएको छ ।
सिएफ मोटोले उत्पादन गरेको इलेक्ट्रिक स्कुटर जिहो एई८ नेपाल आइपुगेको छ । यो...
विश्वमै तीव्र गति र महंगो लक्जरी इलेक्ट्रिक कारको पहिचान कायम गरेको लुसिड...
चीनको घरेलु अटोमोबाइल बजारमा चांगानले एक नम्बरको बीवाईडीलाई पछ्याइरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...