एक वर्षमा हिरो इलेक्ट्रिकले वेच्यो १ लाख युनिट इलेक्ट्रिक स्कुटर

भारतको सवैभन्दा पुरानो र ठूलो इलेक्ट्रिक टु ह्विलर निर्माता हिरो इलेक्ट्रिकले सन् २०२२ मा १ लाख बढी स्कुटर विक्री गरेको छ । इलेक्ट्रिक स्कुटरको मागमा उच्च बृद्धि भएसंगै हिरोले एक वर्षमै १ लाख युनिट विक्रीको माइलस्टोन पुरा गरेको हो । भारतमा यो व्रान्डको स्कुटर प्रयोग गर्ने ग्राहकको संख्या ६ लाख नाघेको कम्पनीको भनाई छ ।

हिरोले हाल ७ भिन्न मोडलका स्कुटर उत्पादन गरी विक्री वितरण गर्दै आइरहेको छ । जसमध्ये फोटोन एलपी र अप्टिमा सिएक्स सिंगल र डवल व्याट्री अप्सनमा उपलब्ध रहँदै आएको छ । अन्य मोडलमा एनवाइएक्स एचएस, एनवाइएक्स, ई५, एट्रिया एलएक्स र एड्डी पर्छन् ।

इलेक्ट्रिक स्कुटरको विक्रीमा आक्रमक र निकै नै महत्वकांक्षी योजना लिएको कम्पनीले अवको ३ वर्षभित्र ५० लाखी स्कुटर बिक्री गर्ने लक्ष्य लिएको छ । जसका लागी उसले राजस्थानमा नयाँ प्लान्ट निर्माण गरिरहेको छ भने अर्र्वौै रुपैयाँ लागनी थप गर्ने घोषणा समेत गरिसकेको छ । देशभर २० हजारभन्दा बढी चार्जिङ पूर्वाधार निर्माण गर्ने कम्पनीको योजना छ ।

आफैले मोटर उत्पादन गर्न कम्पनीले जापानको प्रख्यात इलेक्ट्रिक मोटर उत्पादक एनआइडिसीसंग सहकार्य अघि वढाएको छ । यसै वर्षको अन्तिमसम्ममा हिरोले आफ्नो स्कुटरमा नयाँ मोटर जडान गर्ने वताएको छ । कम्पनीले आफ्नो उत्पादन क्षमता बढाउन हाल महिन्द्राको टु ह्विलर प्लान्टलाई समेत प्रयोग गरिरहेको छ ।

यो व्रान्डको इलेक्ट्रिक स्कुटर विगत लामो समयदेखी नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । हाल यसको कारोबार लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोविलिटीले गरिरहेको छ । नेपाली बजारमा यसको फोटोन, एनवाइएक्स र अप्टिमा लगायत मोडल उपलब्ध छन् । जसको मूल्य २ लाख ९ हजार ६०० देखी ३ लाख ९ हजार ६०० रुपैयाँसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेक्सन ईभीद्वारा काठमाडौंमै ३४७ किमीसम्म रेन्ज

नेक्सन ईभीद्वारा काठमाडौंमै ३४७ किमीसम्म रेन्ज

काठमाडौंमै नेक्सन ईभीले ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएको छ । ...

चर्चामा पोडवे : नेपालमा समेत सञ्चालन तयारी, तर विभिन्न कारणले अन्यौल कायम

चर्चामा पोडवे : नेपालमा समेत सञ्चालन तयारी, तर विभिन्न कारणले अन्यौल कायम

मास ट्रान्सपोर्टेसनको जगतमा नयाँ आयाम थप्ने प्रविधिको रूपमा हेरिएको...

यी नयाँ फिचर थप भएर आउँदै टिगोर इभी

यी नयाँ फिचर थप भएर आउँदै टिगोर इभी

टाटा मोटर्सले टिगोर इभीमा फिचर अपडेट गर्ने भएको छ । यो नयाँ अपडेटेड इभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...