नाडा ईभी एक्स्पोमा यस्तो छ हिरो इलेक्ट्रिक स्कुटरमा आकर्षक अफर

काठमाडौं – भृकुटीमण्डपमा जारी नाडा ईभी एक्सपोमा हिरो इलेक्ट्रिक स्कुटरमा आकर्षक अफर पाउन सकिन्छ । लक्ष्मी इलेक्ट्रिक मोबिलिटी प्रालिले नाडा ईभी अटो शोको स्टल नम्बर सी७ मा बुकिङ गरी स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि नगदसहित आकर्षक गिफ्ट प्रदान गर्ने भएको छ ।

कम्पनीले एक्स्पो समापन पश्चात लक्की ‘ड्र’मार्फत एकजनालाई जर्मन ब्रान्ड बोस वासिङ मेसिन प्रदान गर्ने बताएको छ । ईभी एक्सपोमार्फत नै कम्पनीले ९ हजार ९९९ रुपैयाँमा यी स्कुटर बुकिङ गर्न सक्ने बताएको छ । त्यसैगरी २५ हजार रुपैयाँ सम्मको आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिने छ ।

एकपटक फुल चार्ज गरी ८२ किलोमिटरदेखि १६५ किलोमिटरसम्मको रेन्ज दिने यी स्कुटरहरूले भारतसहित नेपालमा पनि बजार लिएको कम्पनीले बताएको छ ।

नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

अटो शोमा लन्च गरिने केईका तीन ईभीको नाम बताउनेलाई उपहारमा मिक्सर ग्राइन्डर

अटो शोमा लन्च गरिने केईका तीन ईभीको नाम बताउनेलाई उपहारमा मिक्सर ग्राइन्डर

काठमाडौं– केईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले अटो...

एन्ड्रोइड अटो र एप्पल कारप्ले के हुन् ?

एन्ड्रोइड अटो र एप्पल कारप्ले के हुन् ?

अहिले बजारमा आउने अधिकांश नयाँ कार अत्याधुनिक प्रविधिसहित ल्याइन्छ।...

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

नेपाली इभी बजारमा अर्को नयाँ इलेक्ट्रिक कार सिट्रोन ई–सी३ को उदय भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...